|

स्वतन्त्र सरकारले चुनाव गराउनुपर्छ -राप्रपा अध्यक्ष कमल थापा

बिनोद परियार,रुपन्देही,१० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउने हो भने स्वतन्त्र सरकार गठन गरि नयाँ चुनाव गर्नुको विकल्प नभएको बताएका छन् । संविधानसभाबाट संविधान जारी हुन नसकेकाले बर्तमान समस्याको निकास स्वतन्त्र सरकारले मात्रै दिने उनको जिकिर छ । राप्रपा नेपालको भातृसंस्था राष्ट्रिय युवा मोर्चाको दोस्रो राष्ट्रिय भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले भने –‘यदि देशलाई बचाउने हो भने बहाल वाला या पूर्व प्रधानन्याधिसको नेतृत्वसमा सरकार गठन गरि ताजा जनादेशको चुनाव गर्नुपर्छ ।’

एमाओबादी,काग्रेस,एमाले लगायतका दल सत्तालिप्सामा लागेको आरोप लगाउदै अध्यक्ष थापाले तटस्थ सरकारले मात्रै मुलुकलाई निकास दिने बताए । प्रधानमन्त्रि बाबुराम भट्टराईलाई हटाएर अर्को दलको सरकार गठनको अर्थ नहुने उनको कथन छ ।

देशमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउदै उनले भने –‘चैत बैशाखसम्म पनि चुनाव नभए नेपाल देशनै रहन्न ।’ आफुहरु शुरुदेखिनै सबैधानिक राजतन्त्र,हिन्दु सनातम धर्मको पक्षमा रहेको भन्दै अवको चुनावले त्यसलाई स्थापित गर्ने उनको दावी छ । ‘हामी प्रजातान्त्रिक प्रकृयाबाटै सवैधानिक राजसंस्था र हिन्दुसनातम धर्म स्थापना गर्छो,उनले भने –‘यदि चुनाव हुन दिए सडकबाटै एजेन्डा स्थापना गर्छौ ।’ उनले पुर्व राजाको भ्रमणप्रति दलहरुले विरोध जनाएर गण्तन्त्रकै खिल्ली उडाएको टिप्पणी गरे । नागरिकसरह भएका पूर्व राजालाई थुनछेक गरेर दलहरुले आफैले ल्याएको गणतन्त्रप्रति ब्यङग्य गरेको उनको भनाई थियो । पाखा लागेका राजा मन्दिर जादा किन रोक्नुपर्‍यो उनले प्रश्न गर्दै भने –‘ नागरिक घुम्दा रोक्नुपर्ने यो कस्तो गणतन्त्र ।’राजतन्त्रको अन्तयसंगै देशमा एकताको सुत्र टुटेको भन्दै देशको चापी विदेशीको हातमा रहेको बताए ।

नेपालको प्राचिन धर्म,सस्कृति र सभ्यतामाथि परिवर्तनकारी भन्ने दलहरुले निर्मम प्रहार गरेको बताउदै विदेशीको डलर तिर्न  तिर्न जातिय संघियता ल्याउदा मुलुक विखण्डनतर्फ गएको उनको टिप्पणी छ । उनले संविधानसभा,माओबादी लडाकु र अन्य वाहनामा दलले राज्यको ढुकुटीमाथि ब्रहम्लुट मच्चाएको आरोप लगाए ।  कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष धवल शम्शेर जवरा,महामन्त्रि चन्द्र बहादुर गुरुङले ६२/६३ को जनआन्दोलनले परिवर्तनका नाममा केहि दललाई मात्रै पोस्ने काम गर्दा राजतन्त्रप्रति राग बढ्दै गएको दावी गरेका थिए । सो अवसरमा केहि युवा राप्रपा नेपालमा प्रवेश समेत गरेका थिए ।

Posted by Butwalonline on 5:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वतन्त्र सरकारले चुनाव गराउनुपर्छ -राप्रपा अध्यक्ष कमल थापा"

Leave a reply