नवौं मीनबहादुर शेरचन रनिङकप महिला पुरुष आर्चरी प्रतियोगिताको तयारी
पोखरा, १० असोज। थासाङ युवा परिवार नदीपुर पोखराको आयोजनामा यही असोज १२ गतेदेखि थकाली सेवा समिति नदीपुर प्राड्डणमा नवौं मीनबहादुर शेरचन रनङिकप महिला पुरुष आर्चरी प्रतियोगिता हुने भएको छ।
मीनबहादुर शेरचनको मुख्य प्रायोजनामा हुने पुरुष प्रतियोगितामा आयोजकसहित थकाली सेवा समिति, नेपाल मगर सङ्घ कास्की, तीन गाउाले थकाली समाज, तमु धीा कास्की, किराात सेवा समाज कास्की र अन्नपूर्ण आर्चरी क्लबको दुई गरी आठ टीमको सहभागिता रहने थासाङ युवा परिवारका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीय हुनेलाई नगद १० हजार र तृतीय हुनेलाई नगद सात हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। गत वर्षको पुरुषतर्फको विजेता टीम आयोजक नै हो।
यस्तै मुस्ताङ थकाली किचनको मुख्य प्रायोजनमा हुने नवौं महिला आर्चरी प्रतियोगितामा व्यक्तिगततर्फ पााच जना खेलाडीको सहभागिता रहने भएको छ। व्यक्तिगततर्फको प्रथमलाई नगद १५ सय, द्वितीयलाई नगद एक हजार तथा तृतीयलाई नगद सात सय, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। परम्परागतरूपमा खेलिने धनुष वााणको माध्यमबाट खेलिने खेलको आधुनिक नाम आर्चरी हो। यसमा एक टीममा चार जना खेलाडी हुन्छन्।