नेपाल पत्रकार महासंघ शाखा कतारको अधिबेशन समपन्न
पशुपती श्रेष्ठ दोहा कतार,नेपाल पत्रकार महासंघ शाखा कतारको चौथो साधारण सभा दोहाको गोल्डेन र्फोक रेष्टुरेण्टमा अध्यक्ष कुमार कार्किको सभापतित्वमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय सद्स्य तथा कान्तिपुर दैनिकका अरब ब्युरो संवाददाता होम कार्किको प्रमुख आथित्यमा सम्पन्न भएको सो सभामा प्रवासि नेपाली पत्रकार सञ्जालका प्रतिनिधि दामोदर नेपाल पाकिस्तानी कम्युनिटी मोहम्मद सिद्धिकी, बंगलादेशी कम्युनिटी अमिनुक हक लगायतका सार्क राष्ट्रहरुका पत्रकारहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा संघका उपाध्यक्ष क्रान्ति सिँहको स्वागत मन्तव्यबाट सुरु गरीएको सभामा विशेस अतिथिको रुपमा नेपाल बाट आउनुभएका "नेपालले आफ्नो शुभकामना मन्त्व्य राख्दै नेपाली पत्रकारीताको महत्वका विषयमा प्रष्ट पार्दै गलत समाचार हो भनि लेख्ने पत्रकारले सहि मार्ग के हो ?त भनि समाचार लेखी देखाउन पनि अनुरोध गर्नुभयो। प्रवासमा बसेर गरेको पत्रकारीताको महत्व धेरै हुने भन्दै नेपालले" प्रवासि पत्रकार महासंघका शाखा मध्य कतार सबै भन्दा धेरै सदस्यता रहेको शाखा पहिले रहेको जानकारी गराउनुभएको थियो।स्मणरहोस् अहिले कतारमा २७ सदस्य रहेका छन|
मन्त्व्यकै क्रममा "नेपालले समाजलाई सहि मार्गमा लैजान पत्रपत्रिका प्रकाशित गरी जनतालाई सुचीकृत गरीदै आएको छ यो कुनै पैसा कमाउने भाडोको रुपमा दुई चार रुपैयामा बेच्नको लागि नभएको दावि गर्नुभयो।
यस कतारमा कामदार मात्र छैनन आवाज विहिनको आवाजका पत्रकारहरु छन भन्दै प्रमुख अतिथि रहेका होम कार्किले यहाँ रहेर पत्रकारीता गरेको अनुभतीलाई प्रस्ट पार्दै कामदारहरु पिडित समाचारको पात्र बन्न चाहदैनन उनिहरुको न्यायको बाटो पत्रकारीता रहेको बताउदै कार्किले आफ्नो मन्त्वय राख्नुभएको थियो। नेपाली काङग्रेसको भात्रि संगठन नेपाल जनसंपर्क समितिका अध्यक्ष बिमल सुवेदिले जनता देखि नेता सम्मका आवाजलाई उजागरण गर्ने एउटा अंग रहेको र पत्रकार अहिले अझ ससक्त भएर जनताका आवाज उठाउन जरुरी छ। भन्दै सुवेदिले आफ्नो मन्तव्यमा बोल्दै जुन अहिले सविधान सभा विगठन भएको छ। अब जनतालाई घचघच्याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो।
मन्त्वयकै क्रममा जनप्रगतिशिल मञ्च कतारका उपाध्यक्ष तिलविक्रम थेवेले पत्रकारीता एउटा निष्पक्ष हो जसले कुनै पक्षवाद गर्दैन भनेर भनेर चिनिन्छ तर पत्रकारहरु पनि राजनितिमा छन्। र तपाईले स्विर्कानै पर्छ भन्दै निष्पक्ष रुपमा रहेर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो। पत्रकारीता चौथो अंग भनेर बुझेपनि पत्रकारीता पहिलो अंगमा नै पर्ने जिकिर गर्दै अन्तर्राष्टिय राजधानि साप्ताहिक कतारका प्रतिनिधि दिपक पौडेलले आफ्नो मन्तव्यमा राख्दै कलम तरवार भन्दा धारीलो हुन्छ र बन्दुक बोक्ने भन्दा पनि कलम बोक्ने खतरानक हुने बताउदै समाचार तिन किसिमका रहेको सत्य अनसत्य र असत्यमा गनिने समाचारलाई असत्य नलेखि सकिन्छ सत्य नत्र अनसत्य समाचार लेख्न पत्रकारलाई सजग गराउनुभएको थियो। विभिन्न संघ सस्थाका पर्तिनिधीत्व गरी सहभागिता जनाउनु भएका एनआरएनएका अध्यक्ष अमृत गुरुङ मध्यपुर्व संयोजक नरेन्द्र भाट,सचिव टिवि कार्कि, नेपाल प्रवासि जनजातिका धिरज राई,नेपाली एकता समाजका राजेन्द्र श्रेष्ठ,पाल्पाली समाजका भुपराज दवाडि,अर्घाखाँची सेवा समाजका युवराज पाण्डे,नेपाली प्रवासि मुश्लिम समाजका याकुव राई लगाएतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
भने कार्यक्रम पत्रकार निरान्जन भण्डारी,संगिता रिजालले सन्चालन गर्नु भएको थियो|भने महासंघले नौ सदस्यिय कार्यसमिति को पनि चुनावि प्रकृया द्धारा आगामि दिनहरुका लागि नयाँ कार्यसमिति चुनेको छ। जस्को अध्यक्षमा रवि रोषि भट्ट,उपाध्यक्ष गणेश प्रसाद बञ्जाडे.सचिवमा दिपक पुडासौनि,सहसचिव प्रेम लामा, कोषाध्यक्षमा गणेश बहादुर बानियाँ सदस्यहरुमा भोला थापा क्षेत्रि,बिष्णु प्रसाद भुसाल,चिरञ्जिवि तिमिल्सिना र मोहम्मद अजिज अलि रहनुभएको छ|
