|

नारायणी नदी कटान अनियन्त्रित बन्दै गएकोमा स्थानीयवासी चिन्तित


वृजराज कुशवाहा असोज ७ - नवलपरासीको नरसही स्थित स्पर नं. १२ मा नारायणी नदीले गरिरहेको कटान नियन्त्रणमा आउंन नपाउंदै स्पर नं. ११ मा पनि कटान गर्न थालेको छ ।

भारतबाट आईपुगेको सामाग्री कटान नियन्त्रणका लागि आज विहानदेखि हुन थालेको स्पर नं. ११ को कटानका कारण बी गैप बांध खतरामा परेको छ । भारतबाट २ सय थान तारजाली र २ हजार थान प्लाष्टिकका बोरा ल्याई पुर्याईएको भारतीय जुनियर ईन्जिनियर एम के सिंहले बताएपनि पर्याप्त नरहेको गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका सचिव दुधनाथ गुप्ताले बताउंनु भयो । नदीमा पानीको मात्रा घटदै जादा जमीन कटान तिब्र हुंदै गैरहेको अवस्थामा लेबरबाट ढुगा बालुवको बोरा हाल्नुभन्दा एक्जाभेटर जस्तो ठुला मेशिनको आवश्यक परेको बताएका छन् ।स्पर नं. १२ मा विगत ४ दिनदेखि भईरहेको कटान स्थलबाट उत्तरतर्फको ४०० मीटरको भुभाग कटान गरेपछि स्पर नं. ११ मा कटान बढको हो । नियन्त्रणका लागि समान्य काम भएपनि कटान अनियन्त्रित बन्दै गएकोमा स्थानीयवासी चिन्तित बनेका छन् ।

Posted by Butwalonline on 9:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नारायणी नदी कटान अनियन्त्रित बन्दै गएकोमा स्थानीयवासी चिन्तित "

Leave a reply