|

अन्तरबार्ता भएको तीन महिना बित्दा पनि नतिजा सार्बजनिक हुन सकेन


किरणमान बज्राचार्य,कपिलवस्तु, ७ असोज-कपिलवस्तु नगरपालिाकामा संचालन हुन लागेको नगर स्वास्थ्य क्लिनिकमा पदपुर्तिका लागि तीन महिना अघि लिईएको अन्तरवार्ताको नतिजा हालसम्म सार्बजनिक हुन सकेको छैन । मन्त्री, पुर्व सभाषद, राजनीतक दलको नेताले आफनो मान्छेलाई राख्न तीब्र दबाव दिए पछि सो नतिजा हाल सम्म बाहिर आउन नसकेको हो ।

कर्मचारी पदपुर्तिक हुन नसके पछ नगर क्षेत्रको ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहाच बढाउनका लागि चालु आर्थिक बर्ष देखि शुरु गर्ने भनिएको सो क्लिनिक संचालनमा आउन नसकेको स्वास्थय कार्यालयले जनाएको छ । क्लिनिक संचालनका लागि हेल्थ अस्टिेन्ट एक, अनमि एक र कार्यालय सहयोगी एक जना छनौट गर्नका लागि गत जेठ अन्तिम सता अन्तरबार्ता लिईएको थियो । हेल्थ असिस्टेन्टमा पााच जना, अनमीमा ८ र कार्यालय सहयोगीमा ३१ जना उम्मेदवार थिए । पदपुर्ति समितिमा स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत बिष्णु जैसवाल, सिनियर स्टाप नर्स हिरामाया राना तथा नगरपालिकाका गौतम शाक्यले अन्तरबार्ता लिएका थिए । पदपुर्ति समितिले कर्मचारीको छनौट गरीसकेको छ, नतिजा मात्र प्रकाशित गर्न बाकी छ स्वास्थ्य काार्यलय स्रोतले भन्यो ।

जन स्वास्थ्य अधिकृत बिष्णु जैसवाल र स्वास्थ्य कार्यालयका प्रमुख केशव अधिकारीलाई मन्त्री, दलका नेता, सभासद सम्मले आफनो मान्छे राख्न दबाव दिएको स्वास्थ्य कार्यालय स्रोतको भनाई छ । रिजल्ट निकाले स्वास्थ्य मन्त्री तथा थुप्रै नेताहरु रुष्ठ हुने डरले पदपुर्ति समितिले नजिता प्रकाशन गर्ने आट नगरेको उनले बताए ।  स्वास्थ्य मन्त्री नै रिसाउने र आफुहरुको सरुवा गर्ने भन्ने भयले गर्दा जैसवाल र घिमिरेले नतिजा बाहिर ल्याउन ढिलाई गरेको बताईएको छ । यसबारेमा प्रतिक्रया लिन खोज्दा जैसवालले आफुले केही बोल्न नमिल्ने तथा कार्यालय प्रमुखले जानकारी गराउने बताए ।

क्लिनिक संचालनका लागि कपिलवस्तु नगरपालिकाले वडा नक्बर १२ स्थित डेरवामा भवन समेत निर्माण गरीसकेको छ । स्वास्थ्य कार्यालयको १३ लाख र नगरपाकिालको १० लाख गरी २५ लाखको भवन समेत निर्माण भईसक्दा पनि कर्मचारी छनौट नहुदा सो क्लिनिक संचालनमा आउन सकेको छैन । क्लिनिकमा स्वास्थ्य चौकीमा पाईने सम्पुर्ण सेवा उपलब्ध हुनेछ । कार्यालय प्रमुख पंडीत आईएनएफ नामक संस्थाबाट श्रीलंका भ्रमणमा गएकाले यसबारेमा उनको भनाई लिन सकिएको थिएन ।

Posted by Butwalonline on 9:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तरबार्ता भएको तीन महिना बित्दा पनि नतिजा सार्बजनिक हुन सकेन"

Leave a reply