|

सहकारी संस्थाद्धारा सहुलियतको मलमा कालोबजारी


किरण मान बज्राचार्य,कपिलवस्तु, ७ असोज-कृषकहरुलाई सहज र सुलभ बिक्रिी बितरण गर्ने जिम्मा पाएका जिल्लाका सहकारी संस्थाहरुले नै सहुलितको मल कालोबारी गरीरहेका छन । आफना सेयर सदस्य तथा गााउका कृषकलाई सस्तोमा बेच्नका लागि कृषि सामाग्रीबाट खरिद गरिएको सो मलमा उनीहरुले कालोबजारी गरीरहेका हुुन ।

जिल्ला कृषि समितिको निर्णय अनुसार गत बर्ष देखि अनुदानको मल सहकारी संस्था मार्फत मात्र बिक्री गर्ने जिम्मेवारी दिईए पछि तिनीहरुले अनुदानको मलमा रजाई गरेका हुन् । तिनीहरुलाई मल कमाई खाने भाडो बनेको छ । जिल्ला स्थित तौलिहवा र बहादुरगञ्जमा रहेको कृषि सामाग्री कंपनी लिमिटेड प्रशाखामा आएको अनुदानको मल ३ बर्ष देखि सहकारी संस्थालाई दिने गरिएको जिल्ला कृषि कार्यालयले जनाएको छ । ती प्रशाखा कार्यालयले तौलिहवमा रहेका १ सय ७५ र बहादुरगञ्जमा ६५ सहकारी संस्थालाई मल बिक्री गर्ने गरेका छन् । ७७ गाबिस र १ नगरपालिका रहेको जिल्लामा कृषि सामाग्रीले १ गाबिसमा तीस देखि चालिस क्यून्टलका दरले सहकारी संस्थाहरुलाई मल दिने गरेको जनाएको छ ।
 
अनुदानको मलमा सहकारी संस्थाको हालीमुहाली भए पछि यहाा हजारौ कृषकहरु मलबाट बञ्चित बनेका छन् । सीमीत मल त्यसैमा झन सहकारी संस्थाले समेत मल बितरणमा धाधली गरे पछि उनीहरु निराश बनेका छन् । मल बितरणमा अनियमितता गरेका भन्दै आफूहरुले सहकारी संस्था बिरुद्ध प्रशासन र कृषि कार्यालयमा कयौ पटक उजुरी दिए पनि कुनै सुनुवाई नभएको कृषक रामदेव यादवले गुनासो गरे ।  सहकारी संस्थाले लगेका मलमा समेत केही ब्यक्तिको नियन्णमा रहने गरेको कृषकहरुले आरोप लगाएका छन् ।

बिक्रीका लागि लगिएको मल लुकाईने, बाटो मै बढी रकम लिएर बेच्ने तथा कालोबजारी गर्ने गरेको उनीहरुको भनाई छ । मलको सहजआपुर्ति तथा सहकारी संस्थाहरुले मल बितरणमा अनियमितता गरेको भन्दै गत भदौमा संयुक्त कृषक संघर्ष समितिले आन्दोन नै गरेको थियो । कृषि कार्यालय कै केही कर्मचारी, राजनीतक दल नेता, किशानका  अगुवा नेताहरुले कृषि सहकारीबाट सहुलित मलको कालोबारी गराईरहेको कृषकहरुको आरोप छ । उनीहरुले चार पाच वटा सहकारी दर्ता गराएका छन्, हप्ताको तीन पल्ट सम्म मल पाउछन् त्यही मल बढी मुल्यमा बिक्री गरी कालोबजारी गरीरहेका छन् कृषकहरु भन्छन् ।

‘ अनुदानको मल सहकारी संस्थाको अध्यक्ष कै अण्डरमा रहने र उनीहरुले कृषकहरुलाई मल दिएका छैनन् । ’ फोरमका जिल्ला अध्यक्ष अब्दुल रसिद खााले भने ‘ सहकारी संस्थाले मल बितरण नगरी सिद्धयो भन्ने गरेको र वास्ूतविक किसालले अझै सम्म एक दाना पनि मल पाएक छैनन । ’ सहकारी संस्थाले ब्यापक अनियमितता गरेकाले अब सहकारी बाट नभै सामाग्रीले कृषकको लालपट्टाका आधारमा मलखाद बिक्री गर्नु पर्ने उनले माग गरेका छन् ।

उता ग्रामीण भेगमा सस्तो र सर्वसुलभ रुपमा उपभोग्य सामान बेच्ने उद्देश्यले सरकारबाट १/१ लाख अनुदान पाएका ७५ सहकारी संस्थाहरु मध्ये अधिकान्स अनुदानको मल बिक्री मै सीमित बनेका छन् । उनीहरुले सो रकमबाट अनुदानको मल खरिद गरी मनोमानी ढंगले आफैले लाने गरेको त्यसैमा झन महंगोमा बिक्री गर्ने गरेको कृषकहरुको भनाई छ । उता कृषि सामागी कम्पनी तौलिहवाका प्रमुख बिष्णु अर्यालले आफुले जिल्ला कृषि समितिले गरेको निर्णका  आधारमा सहकारीलाई पालौपालो मल दिएको उनले दाबी गरे ।

सहकारी संस्थाहरुले मल बितरणमा अनियमितता गरेको भन्ने कार्यालयमा ब्यापक  जनगुनासो आएको कृषि कार्यालयका प्रमुख खुस्र्रेद अहमद खााले बताए । ‘ अब सहकारी संस्थाले बितरण गर्ने मलमा निग्रानी बढाईने र अनियमितता गरेको पाईए कारबाही गरिने छ । ’ उनले भने ।


Posted by Butwalonline on 9:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहकारी संस्थाद्धारा सहुलियतको मलमा कालोबजारी"

Leave a reply