|

प्रगतिशील महिला मंच युएई बिस्तार,अध्यक्षमा बबिता सिवा निर्बाचित


निमकान्त पाण्डे,युएई । नेपाली जनप्रगतिशील मंच युएई को महिला बिभाग अन्तरगत  प्रगतिशील महिला मंच युएई बिस्तार गरिएको छ । ५ अक्टोबर शुक्रबारका दिन  बर दुबईमा एक कार्यक्रमका बिच मंचका केन्द्रिय महासचिब हेमन्त पौडेलको प्रमुख आथित्यमा अन्तरक्रिया सहित विभागलाई बिस्तार गरिएको छ ।

युएईमा महिलाहरुका समस्या दिनहु बढ्दै जाने क्रम भएकोले यसको समाधान गर्ने र पिडित महिलाहरुसग महिलाहरुले नै सम्पर्क गर्न सजिलो हुने र समस्या नजिकबाट पहिचान गरी सशक्त रुपले सहयोग गर्ने उद्देश्य सहित महिला मंच गठन गर्नु परेको पुर्ब अध्यक्ष पुष्पा खत्रीले प्रश्ट पर्नु भएको थियो ।

बिगतका दिनहरुमा पनि यस महिला मंच ले युएईमा बिभिन्न किसिमका कार्यक्रमहरु गरेको र अब आउदा दिनहरुमा पनि गर्ने अठोटका साथ युएईमा समाज सेविका रूपमा परिचित बबिता सिवा को अध्यक्षतामा नवगठित समिती गठन भएको छ । जसमा उपाध्यक्ष सरस्वती कार्की रहनु भएको छ भने सचिब निसा केसी,कोषाध्यक्ष बिमला भुसाल हुनुहुन्छ । यसै गरी प्रमिला पराजुली, सिता पौडेल,टिका भुसाल,देवी पाण्डे, सिता तिवारी, सन्तोषी बुदाथोकी, माया बेल्बासे,मधु राइ,रस्मिता बन्जारा सदस्य रहनु भएको छ । संगठनको सल्लाहकारमा पुष्पा खत्री रहनु भएको छ ।

हामी रहरले बिदेस आएका छैनौ श्रममिकका रुपमा विदेशमा रहदा अनेक किसिमका समस्याको सामना गर्नुपर्ने हुन्छ त्यसैले महिलाहरुले प्रबासमा पनि मिलेर गरेको खण्डमा आफ्ना समस्या समाधान गर्न सक्छन भन्ने उदेश्य सहित बिगतका बर्षहरुमा पनि जनप्रगतिशील मंच युएईले महिलाहरुलाई संगठित पर्दै सहयोग गर्दै आएको थियो । महिलाहरुलाई सहयोग गर्ने र यस्तै रूपमा आउदाका दिनहरुमा पनि युएईमा नयाँ कार्यक्रमको आयोजना गरेका खण्डमा पक्कै पनि प्रगतिशील महिला मन्चले यसलाई निरन्तरता दिने छ र महिलाहरुले हातमा हात र साथमा साथ दिने छन भन्ने पक्कै पनि आसा गर्न सकिन्छ ।

Posted by Butwalonline on 12:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रगतिशील महिला मंच युएई बिस्तार,अध्यक्षमा बबिता सिवा निर्बाचित"

Leave a reply