विद्यार्थी संगठनद्वारा त्रि विको स्नातकोत्तर तहलाई नियमित कार्यक्रममा लैजान गरेको निर्णयको स्वागत
बुटवल , असोज ७ -बुटवल बहुमुखी क्याम्पसमा क्रियाशिल पाच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले हालैमात्र स्नातकोत्तर तहलाई नियमित कार्यक्रममा लैजान गरेको निर्णयको स्वागत गर्दै कार्यान्वयनका लागि आग्रह गरेका छन् ।
पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले लामो समयदेखि विद्यार्थी संगठनले क्याम्पस प्रशासनसमक्ष उठाउादै आएको उक्त माग त्रिभुवन विश्वविद्यालयले संबोधन गरेकाले कार्यान्वयन गर्न क्याम्पस प्रशासनसाग आग्रह गरेको हो । बैठकले त्रिभुवन विश्वविद्यालयको नियमानुसार क्याम्पसमा प्राध्यापन गर्ने प्राध्यापकहरुले सिफ्ट सिस्टमलाई उल्लंघन गरेको पाइएको भन्दै कार्यान्वयनका लागि दबाब दिने निर्णय गरेको छ ।
त्यस्तै क्याम्पसको स्नातक दोस्रो वर्ष र स्नातकोत्तर प्रथम वर्षका कक्षाहरु पटकपटक सूचना प्रकाशन गरी स्थगीत गरिएकोले तत्काल कक्षा सञ्चालन गर्न बैठकले माग गरेको छ । बैठकपछि अनेरास्ववियुका विष्णु भण्डारी, नेविसंघका लोकप्रसाद खरेल, एमाओवादी निकट अखिल क्रान्तिकारीका कल्पना भाट, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष दामोदर घिमिरे, अखिल छैठौंका सुमन आचार्यद्वारा जारी संयुक्त विज्ञप्तीमा विद्यार्थी संगठनले गरेको निर्णय कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिइएको छ ।