|

जिविकोपार्जनका लागि वन कार्यक्रमको अवधि सकिएपछि सर्वसाधारण समस्यामा


रुपन्देही,असोज ७ - सार्वजनिक तथा संस्थागत जग्गा व्यवस्थापन सञ्जालले जिविकोपार्जनका लागि वन कार्यक्रमको अवधि सकिएपछि आफुहरु समस्यामा परेको बताएका छन् ।

रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गठित सञ्जालले आज सामूहिक रुपमा बुटवलमा पत्रकार सम्मेलन गरी २०५९ सालदेखि २०६८ असार सम्म जिविकोपार्जनका लागि वन कार्यक्रम सञ्चालन हुादै आएको र त्यसपछि पुरक कार्यक्रमको रुपमा क्रियाशिल अन्तरिम वन परियोजना लागु भएकोमा त्यसको समेत गत चैतदेखि कार्यक्रम समाप्त भएपछि आफुहरु सहयोगीदाताको अभावमा समस्यामा परेको बताएका छन् ।

जिल्लाका गरिव, विपन्न, दलित, जनजाति तथा अल्पसंख्यक समुदायका करिव ३० हजार ५ सय घरधुरी उक्त कार्यक्रमबाट लाभान्वित भई उनीहरुको जिवनस्तरमा सुधार ल्याएको थियो । उक्त परियोजनाको सहयोगबाट ३ जिल्लामा ५ सय १५ वटा सार्वजनिक तथा संस्थागत जग्गा व्यवस्थापन समुह, १ सय ३१ वटा गाउा वन समन्वयन समिति र जिल्लागत रुपमा जिल्ला सार्वजनिक तथा संस्थागत जग्गा व्यवस्थापन समिति सञ्जाल गठन भई जलबायु परिवर्तन सम्बन्धी मुद्दालाई केन्द्रमा राखेर जिविकोपार्जन कार्यक्रम लागु गरिएको थियो ।परियोजना समाप्त भएको ५ महिना बितिसक्दा पनि अन्य कुनै सहयोगदाताको अभावमा ती समूहहरु अलपत्र परेको सञ्जालका रुपन्देही संयोजक निरञ्जन पाठकले बताउनुभयो ।

Posted by Butwalonline on 8:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिविकोपार्जनका लागि वन कार्यक्रमको अवधि सकिएपछि सर्वसाधारण समस्यामा"

Leave a reply