|

वाँदर भनेर वन्दुक पड्काउँदा आफनै श्रीमतीको ज्यान गयो


रुकुम,असोज ७ -  रुकुमको रुकुमकोट १ रानीवासमा एक व्यक्तिले वाँदर भनेर वन्दुक पड्काउँदा आफनै श्रीमतीको ज्यान गएको छ । स्थानीय बेद प्रकाश पुनले आफ्नी श्रीमती बसन्ती पुनलाई वाँदर ठानेर वन्दुक पड्काउँदा बसन्तीको ज्यान गएको हो । घर नजिकैको धारामा शनिबार बेलुकी खरबारी हुंदै  पानी लिनको लागि जाँदै गरेकी बसन्तीलाई वेदले बाँदर ठानेर गोली हानेका थिए ।उनले हानेको वन्दुकका गोली घाँटीमा लागेपछि बसन्तीको घटना स्थलमै ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् ।

Posted by Anonymous on 8:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वाँदर भनेर वन्दुक पड्काउँदा आफनै श्रीमतीको ज्यान गयो "

Leave a reply