भू.पु. सैनिक जनकल्याण संघठन,मोतिपुरको ७ औं वार्षीकउत्सव सम्पन्न
विनोद परियार, बुटवल , असोज ७ - भू.पु. सैनिक जनकल्याण संघठन,मोतिपुर –१ ,रानी गंजको ७ औं वार्षीकउत्सव आज सम्पन्न भएको छ । संघका अध्यछ क्या. खिम बहादुर रानाको सभापतित्व र जिल्ला सैनिक वोर्ड बुटवल फुलवारीका प्रमुख सुवदार मेजर पुरन शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
कार्यक्रममा मोतिपुर गाविस सचिव दिनानाथ शर्मा,नेपाली कान्ग्रेस जिल्ला सदस्य माया थापा,राष्ट्ीय जनमुक्ति पाटीका श्याम बहादुर थापा,क्या. होम बहादुर राना, भू.पु. सैनिक जनकल्याण संघठनका उपाध्यछ बम बहादुर पुलामी लगाएतले बोल्नु भएको थियो ।सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सैनिक वोर्ड बुटवल फुलवारीका प्रमुख सुवदार मेजर पुरन शाहीले आफुले भ्ू.पू. सैनिकहरु र तिनका परिवारहरुको हक हितका लागि सदैब सकरात्मक सोंचलिएर अघिबढेको बताउदै अबका दिनमा पनि आफु र आफ्नो संस्थाको तर्फ देखि सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।
