अखिल क्रान्तिकारी(बैद्य) अर्घाखाचीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँची,असोज ७ - जिल्लाव्यापी संगठन सुदृढीकरण कार्यक्रम अन्तरगत बैद्यपक्षिय अखिल क्रान्तिकारी अर्घाखाँचीले अर्घाखाँची जिल्लाको बागीमा रहेको शान्ति उ.मा.वि.मा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम अन्तरगत आज असोज ७ गते शान्ति उच्च मा.वि.मा उमा.वि. र मा.वि. तर्फ छुट्टा छुट्टै इकाई कमिटीको गठन गरिएको अखिल क्रान्तिकारी अर्घाखाचीले जानकारी दिएको छ ।
उच्च मा.वि. तर्फ हरिप्रसाद पन्थीको अध्यक्षतामा १४ सदस्यीय उ.मा.वि. इकाई कमिटिको गठन गरिएको छ । जसका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा उपाध्यक्षमा मुनाल पाण्डे, सचिवमा सरिता बन्जाडे, सह–सचिवमा विशाल बस्नेत र कोषाध्यक्षमा सिर्जना वस्नेत लगायत रहेका छन् । त्यस्तै मा.वि. तर्फ अनिल आचार्यको अध्यक्षतामा ४१ सदस्यीय इकाई कमिटिको गठन गरिएको छ । जसका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अर्जुन भुसाल, सचिवमा नवीन कार्की , सह–सचिवमा विशाल खड्का र कोषाध्यक्षमा सिता विक लगायतका रहेका छन् ।