|

रुपन्देहीको देवदह क्षेत्रमा विगत ४ दिन देखि टेलिफोन सेवा अवरुद्ध


विनोद परियार,  बुटवल , असोज ७ - रुपन्देहीको देवदह क्षेत्रमा विगत ४ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको  । टेलिफोन सेवा अवरुद्ध भएपछि स्थानीय सेवा ग्राहीहरु मर्कामा परेका छन् । सञ्चारगृह तथा सरकारी कार्यालय एवं स्वास्थ्य संस्थाको साथै स्थानीय संघसंस्थाहरुको काम प्रभावित हुन पुगेको छ । सर्वसाधारण नागरिकहरु फोनसेवाको अभवमा अफ्ठ्यारोमा परेको बताउछन् । देवदह क्षेत्रमा करिव १ हजार लेडलाईन टेलिफोन रहेका छन् ।

नियमित रुपमा मर्मत संभारको काम हुन नसक्दा र टेलिकमले वेवास्ता गर्दा देवदह वासीले सास्ती बेहोर्नु परेको छ । पटक पटक देवदह क्षेत्रको फोन सेवामा समस्या आएपनि नेपाल टेलिकमले सेवा राम्रो संग दिन नचाहेको स्थानीयवासीको भनाई रहेको छ । टेलिकमले स्तरीय सेवा नदिने हो भने आफूहरु चरणवद्ध आन्दोलन गर्न वाध्य हुने स्थानीयवासीहरुको भनाई रहेको छ । टेलिफोन अवरुद्ध भएपछि दैनिक रुपमा कार्यसंचालन गर्न कठिन भएकोले व्यापार समेत प्रभाहित भएको स्थानीय व्यापारीहरुको भनााई रहेको छ । टेलिफोन अवरुद्ध भएपछि विदेशमा रहेका आफन्तहरु संग सम्वन्ध टुटेको देवदह निवासी लालवाबु रानाले बताउनु भयो । टेलिफोनको अभावमा छोरा संग महत्व पूर्णकुराहरु ग्र्न नपाएको रानाको भनाई रहेको छ ।

Posted by Butwalonline on 8:36 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीको देवदह क्षेत्रमा विगत ४ दिन देखि टेलिफोन सेवा अवरुद्ध"

Leave a reply