|

अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा ४ जना प्रकाउ


विनोद परियार,  बुटवल , असोज ७ - रुपन्देहीको केरवानी ६ सेमरानाबाट अवैध रुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा ४ जनालाई प्रकाउ गरेको ईलाका वन कार्यालय शितलनगरले जनाएको छ ।

ईलाका वन कार्यालय शितलनगर र वन अतिक्रमण तथा पैदावार चोरी निकासी नियन्त्रण सञ्जालको संय’क्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा केरवानी ६ सेमराना निवासी ३८ वर्षीय ढक बहादुर वि.क, २० वर्षीय चन्द्रीका चौधरी, मक्रहर ८ का २६ वर्षीय किसान विक र पिपलडाडाका नर बहादुर विक.लाई लु २ त ३९४२ नम्वरको ट्याक्टरमा १२ क्यूफित सालको काठ लैजादै गर्दा पक्राउ गरेको ईलाका वन कार्यालका प्रमुख वसन्त वावु श्रेष्ठले बताउनु भयो । पक्राउ परेकाहरुलाई अनुसन्धान पछि कानुन अनुसार कार्वाही गरिने प्रमुख श्रेष्ठको भनाई रहेको छ |

Posted by Butwalonline on 8:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा ४ जना प्रकाउ"

Leave a reply