|

आपसमा विवाद हुँदा छिमेकीको कुटाइबाट एकको मृत्यु


कञ्चनपुर ,असार २३ - पानीको हृयान्डपम्प प्रयोग गर्ने विषयमा विवाद हुँदा कञ्चनपुरको दैजी-९ का ३५ वर्षीय जनकु चौधरीको छिमेकीको कुटाइबाट मृत्यु भएको छ ।

घर छेउ गाडिएको खानेपानीको हृयान्डपम्प प्रयोग गर्ने विषयमा गत आइतबार छिमेकी रामदिलले जनकुलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीलाई आफन्तले कैलालीको सेती अञ्चल अस्पतालमा भर्ना गरेका थिए ।

थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाने व्यवस्था मिलाउदै गर्दा शनिबार बिहानै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।

कुटपिटमा संलग्न रामदिललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । रासस
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आपसमा विवाद हुँदा छिमेकीको कुटाइबाट एकको मृत्यु"

Leave a reply