|

कृत्रिम लिंग प्रयोगगरि वालिका बलात्कार गर्नेलाई ११ बर्ष कैद


संखुवासभा,असार २३  कृतिम लिङ्ग प्रयोग गरेर एक वालिकालाई बलात्कार गर्ने एक महिला र पुरुषलाई जिल्ला अदालत चैनपुरले ११ बर्ष कैद फैसला गरेको छ ।

न्यायाधीश शालिकग्राम कोइरालाको एकल इजलासले कृतिम लिंग प्रयोग गरेर बलात्कार गर्ने मस्यपोखरीकी २४ बषिर्या लाक्पा शेर्पा र १८ बषिर्य सागर शेर्पालाई ११/११ बर्ष कैदको फैसला गरेको हो ।

मकालुस्थित हेमान्द्री माध्यमिक विद्यालयमा अध्ययनरत १५ बषर्ीया विद्यार्थीलाई उनीहरुले २०६१ फागुन २२ गते कृतिम लिंग प्रयोग गरि बलात्कार गरेका थिए । कपडाको लिंग बनाएर २४ बषिर्या लाक्पा शेर्पाले ती विद्यार्थीलाई बलात्कार गरेकी थिईन भने सागर पनि बलात्कारमा सहभागी थिए ।

कैदसँगै उनीहरुलाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला न्याधिवक्ता कृष्णबटु भण्डारीले जानकारी दिनुभयो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कृत्रिम लिंग प्रयोगगरि वालिका बलात्कार गर्नेलाई ११ बर्ष कैद"

Leave a reply