|

बुटवलमा नारी बिम्ब बिषयक प्रवचन तथा कविता वाचन कार्यक्रम सम्पन्न


बिनोद परियार,बुटवल,१३ असोज । माहिलमाथि हुने हिंसा विरुद्ध आज बुटवलमा नेपाली कवितामा नारी बिम्ब बिषयक प्रवचन तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघ रुपन्देहीको आयोजनामा साहित्यक श्रष्टाहरुका विचमा कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रगतिशिल लेखक संघका केन्द्रिय कार्यवाहक अध्यक्ष रामप्रसाद प्रदीपले साहित्य क्षेत्रबाट थालिएको हिंसाविरुद्धको कार्यक्रम नेपालमै नमूना भएको बताउनुभयो । समाज रुपान्तरणको अभियानमा प्रलेसले रचनात्मक काम गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता साहित्यकार एंव प्राध्यापक ऋषिराम भुषालले कवितामा आदिमकालदेखि नारी विम्बको प्रयोग भएको र कतिपय अवस्थामा गलत रुपमा प्रयोग गरिदा नारीको मनोबल घटेको बताउनुभयो । उहाले महिलामाथि हुने हिंसा अन्तयका लागि साहित्य क्षेत्रबाट समाजमा चेतना बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । महिला अधिकारकर्मी सावित्रा अर्यालले महिलाहरु  पुरुष महिला दुवैबाट हिंसामा परेको भन्दै साहित्य क्षेत्रबाट थालिएको हिसा विरोधी अभियान रचनात्मक भएको बताउनुभयो ।
महिला हिंसा विरुद्धको ‘उर्लंदो सय करोड’ अभियानको सन्दर्भ पारेर बुटवलमा कार्यक्रम गरेको हो ।

रुपन्देही शाखा अध्यक्ष डा.मुरारी पराजुलीको अध्यक्षता,उपाध्यक्ष प्रदीप प्रधानको स्वागत एंव मिन रानाको संचालनमा भएको कार्यक्रममा जीवराज आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष देवेन्द्र घिमिरे,साहित्यकार,वनमाली निराकार,रुद्र ज्ञवाली, गोपीरमण उपाध्याय,राजेन्द्र आचार्य,विजय सागरले बोल्नुभएको थियो । कार्यक्रममा श्रष्टाहरु चतुर्भुज आत्रेय,डिबि संघार,खोमा तरामु,तारा मिलन छन्त्याल,रुपा भट्टराई,सुनिता चुदाली,तिलक लामिछानेले रचना वाचन गरेका थिए ।

Posted by Butwalonline on 7:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा नारी बिम्ब बिषयक प्रवचन तथा कविता वाचन कार्यक्रम सम्पन्न"

Leave a reply