राजनीतिक स्थायित्व बिना आर्थिक विकास नहुने-मन्त्री कुमार बेल्बासे
लक्ष्मण पोखरेल,बुटवल असोज १३ । श्रम तथा रोजगार मन्त्री कुमार बेल्बासेले राजनीतिक स्थायित्व नहुदा सम्म आर्थिक विकास हुन नसक्ने बताएका छन् । आर्थिक बिकासका लागि उद्योग धन्धाको बिकास जरुरी भएको भन्दै मन्त्री बेल्बासेले त्यसको लागि राजनीतिक खिचतानी अन्त्य हुनुपर्ने बताए ।
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देही नेपालको प्रथमसाधारण सभाको शनिवार बुटवलमा उद्घाटन गर्दै मन्त्री बेल्बासेले आर्थिक विकासमा सक्रिय हुनका लागि व्यवसायीलाई आग्रह गरे । ुराजनीतिक खिचातानी कहिले हट्छ निश्चित हुदैन, तपाईहरु आफै उद्योग धन्धको बिकासमा लाग्नुस, उनले भने ।
देशको संक्रमणकालिन अवस्थाका कारण नेपालीहरु बिदेशी समानसंग आश्रित हुनु परेको बताउदै उनले साना उद्योग मार्फत देशलाई सक्षम बनाउनु पर्ने बताए । नेपाल स्रोत साधानमा कमजोर नभए पनि त्यसको सदुपयोगमा कमजोर रहेको उनले औल्याए । कमिसनको खेल र विदेशीको दवावका कारण नेपाली स्रोत साधन निष्कृय रहेको उनले बताए ।
लोडसेडिड्ड तथा राजनीतिको गतिरोधले उद्योग धन्दा धारासायी हुदै गएको प्रति उनले चिन्ता व्यक्त गरे । नेकपा माओबादीले गरेको भारतीय यातायात नेपाल प्रबेशमा रोकको बिरोध गर्दै मन्त्री बेल्बासेले त्यस्ता क्रियाकलापले दुई देशबीचको आपसी मेलमिलापमा खलल पुर्याउने बताए । ुराजनीतिक अभिष्ट पूरा गरिएका त्यस्ता कामले दिर्घकालमा असर पुर्याउछ, उनले भने । माओबादीको आन्दोलनलाइ उनले वालवालिकाको खेलको संज्ञा दिए । उनले ग्रील व्यवसायीको समस्या समाधानमा सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा बोल्दै ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालले सरकारले हजारौं रोजगारी दिएको ग्रील उद्योगलाई बेवास्था गरेको बताए । ुनेपाल ग्रील व्यवसायमा आत्मनिर्भर छ, तर त्यसरी आत्मनिर्भर रहेको व्यवसाय राज्यबाट ओझेलमा छ, उनले भने ।
नेपाली ग्रील उद्योगहरु कामदार उत्पादन गर्ने थलो मात्र बनेको बताउदै उनले सीप सिकेर बिदेश चलनलाई रोक्न सरकारले पहल गर्नुपर्ने उनको भनाई थियो । नेपाल भरी रहेका गी्रल उद्योगहरुले १ लाख रोजगार सिर्जना गरेको र बार्षिक ७ करोडको कारोबार गरेको उनले जनाकारी दिए ।
एकीकृत नेकपा माओबादीका केन्द्रिय सदस्य बामदेब क्षेत्रीले ग्रील उद्योगले सहकारी मार्फत उद्योग सञ्चालन गरी रोजगार सिर्जना गर्न आग्रह गरे । सझा हार्डबेयर खोलेर संघले उदहारणिय काम गरेको भन्दै उनले उद्योगलाई पनि सहकारीमै लैजादा राम्रो हुने बताए ।
संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष अशोक बर्माले रुपन्देहीमा ग्रील जोनको आवश्यकता रहेको औल्याउदै त्यसका लागि पहल गरिदिनु मन्त्रीलाई आग्रह गरे । उनले ग्रील व्यवसायी लोडसेडिड्डको मार परेको बताउदै त्यसलाई समाधान गर्दै ग्रील जोनको रुपमा स्थापित गरी छुट्टै फिडर बनाउन आग्रह गरे ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष जेपी गुप्ता, अम्बरबहादुर गुरुड्डलगायतले बोलेका थिए ।
साधारण सभाको अवसरमा संघले ग्रील बुलेटिनको बिमोचन गरेको थियो । त्यस्तै संस्थालाई सहयोग पुर्याउने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको थियो ।