|

नवलपरासीका वासिन्दाहरु घोरल संरक्षण क्षेत्र घोषणागरी घोरल संरक्षणमा जुटे

नवलपरासी, असोज १३ – नवलपरासीका बिभिन्न गाविसका वासिन्दाले महाभारत क्षेत्रलाई घोरल संरक्षण क्षेत्र घोषणा गरी लोपोन्मुख जनावर घोरलको संरक्षण गर्न थालेका छन् । घोरलको संरक्षणमा राज्यले चासो नदेखाउँदा शिकार बढ्न सक्ने भनदै स्थानीय वासिन्दा आफै घोरल संरक्षणमा लागेका हुन् ।

देउराली, धौवादी, नरम, रुचाङ्ग, रकुवा, हुप्सेकोट र पाल्पाको झिरुवासका वासिन्दाहरु दीर्घकालीन रुपमा राज्यले घोरलको संरक्षण गर्नुपर्ने माग सहित यो अभियानमा थालेका हुन् । अभियान अन्तर्गत स्थानीय वासिन्दाले तीन वर्षअगाडि धौवादीमा भेला गरेर आफैले घोरल आरक्षण संरक्षण क्षेत्र घोषणा गरेका थिए । शिकारका कारण संख्या घट्दै गएपछि संरक्षण अभियान थालेको महाभारत घोरल आरक्षण संरक्षण क्षेत्रका संयोजक झविलाल रानाले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गको चोरमारावाट १३ किलोमिटर उत्तरमा घोरल क्षेत्र पर्छ । झट्टहेर्दा बाख्रा जस्तो देखिने घोरल विशेष गरी भीरपाखामा वस्ने जनावर भएकाले महाभारत पर्वत श्रृङ्खला अन्र्तगतको यस क्षेत्रमा प्रशस्त भेटिन्छ । नेपालमै अहिलेसम्म घोरलको यकीन तथ्याङ्क नभएकाले घोरल धेरै पाइने यस क्षेत्रबाट घोरल गणना हुनुपर्ने माग स्थानीय वासिन्दाले गरेका छन् ।


Posted by Butwalonline on 7:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीका वासिन्दाहरु घोरल संरक्षण क्षेत्र घोषणागरी घोरल संरक्षणमा जुटे"

Leave a reply