|

चुम्बनको दृश्यछायांकन गर्दा नायिकाले नायकको ओँठै टोकिन

मुम्बई, वैशाख १८ (एजेन्सी)- राम्रा कलाकार चलचित्रको छायांकन गर्दा आफ्नो भूमिकामै हराउने गर्छन्। उनीहरू आफ्नो चरित्रमा यसरी भिज्ने गर्छन् आफूहरू रियल लाइफ बाँचीरहेका छन् वा रिल लाइफ भन्ने नै विर्सने गर्छन्। यस्तै एउटा घटना यहाँ सुटिङका क्रममा हुन पुगेको छ।यस्तै एउटा चलचित्रको छायांकनका क्रममा अभिनेता प्रसेनजीत र कल्की कोचलीन विचको चुम्बन दृष्यको सुटिङ यति लामो हुन पुग्यो की प्रसेनको ओँठ नै काटिन पुग्यो।


वास्तवमा दिवाकर बनर्जीको आगामी चलचित्र शंघाइमा कल्की कोचलीन र बंगाली अभिनेता प्रसेनजीतमाथि छायांकन गरिएको चुम्बन दृष्य इन्टरनेटमा लिक हुन पुगेको छ।  सुटिङका क्रममा दुबै कलाकारलाई 'कट' नभन्दासम्म चुम्बन लिइ रहन भनिएको थियो।  

'दुबै कलाकारले रिहल्सल पनि गरेका थिए। तर कल्कीका लागि यो दृश्य गर्न निकै अप्ठेरो भइरहेको थियो। यस्तो अवस्थामा मैले दृश्यको छायांकन गर्न सुरु गरेको थिए।' निर्देशक दिवाकरले भने,'हरेक टेकपछि उनी अर्को कोठामा गएर रुने गर्थिन। त्यस्तो अवस्थामा चुम्बन दृश्य दिदा उनले प्रसेनजीतको ओठ नै टोक्न पुगिछन्।' उता कल्कीले पनि आफूलाई दिवाकरले प्रसेनजीतमाथि झम्टिन र त्यसपछि 'कट' नभन्दासम्म चुम्बन गरिरहन भनेको बताइन्। 'दिवाकरले 'कट' भन्न विर्से र हामीले पनि आफूहरू फ्रेम बाहिर पुगीसकेको विर्सन पुग्यौँ।' उनले भनिन्। 
साभार नागरिक न्यूज  

Posted by Butwalonline on 5:03 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चुम्बनको दृश्यछायांकन गर्दा नायिकाले नायकको ओँठै टोकिन"

Leave a reply