|

संबिधानसभा छाडेर होटल साहुनीसँग


काठमाण्डौ,बैशाख १९ - संबिधानसभा निर्माण गर्ने गहन जिम्मेवारी दिएर जनताले चुनावमा जिताएका एक सभासद् एक बर्षदेखि बेपत्ता छन् ।
पर्वत क्षेत्र न २ बाट संबिधानसभा चुनाव जितेका माओवादी सभासद गुणाखर अर्याल वेपत्ता भएको एक बर्ष पुग्दा पनि न त उनको पार्टीले खोजेको छ नत संबिधानसभा सचिवालयले । आखिर के गर्दैछन यी जनप्रतिनिधि ?प्रहरी स्रोतका अनुसार उनी नयाँ बसपार्क क्षेत्रमा भट्टी पसल चलाउने तामाङ थरकी एक महिला लिएर भागेका छन् । गत जेठ महिनासम्म संबिधानसभामा हाजिर रहेका सभासद बस्याल त्यसयता त्यहाँ पुगेका छैनन् । बिबाहित बस्यालकी श्रीमती खिमाले श्रीमानको खोजीका लागि गरेको प्रयास पनि सफल हुन नसकेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिले छापेको छ ।
मुलुक बनाउने भन्दै ज्यान हत्केलामा राखेर युद्ध लडेका बस्याल ती महिलाको प्रेममा यति पागल भइसकेछन की उनले सभासद् पद नै दाउमा राखे । उनले हालै सभासद् पदबाट राजीनामा दिएका छन तर स्वीकृत भइसकेको छैन् ।मृगौला रोगी पत्नी खिमाले पतिको खोजीका लागि पुलिस र पार्टी गुहारिन् । पुलिसमा श्रीमान अपहरणमा परे भनेर निबेदन दिइन, तर पुलिस अनुसन्धानले उनी केटी च्यापेर चितवनतिर बसिरहेको पत्तो लगायो र थप खोज्नु नपर्ने निष्र्कष पनि निकाल्यो । त्यसपछि उनी अध्यक्ष प्रचण्डलाई गुहारिन तर पार्टीले पनि पति खोज्ने रुची देखाएन् ।
 समाचार ओंनलाइन खबर बाट 

Posted by Butwalonline on 4:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संबिधानसभा छाडेर होटल साहुनीसँग"

Leave a reply