आगलागीमा परी एक युबती गम्भीर घाइते
कृष्ण आचार्य,दैलेख,बैसाख १८-दैलेखको नारायण नगरपालीका ८ तर्तांङ मा आज बिहान भएको आगलागीमा परी एक युबती गम्भीर घाइते भएकी छन् । बारीमा थुपारेर राखीएको घसेटामा आगलागी हुदा दैलेखको नारायण नगरपालीका ८ तर्तांङ निबासी मञ्जु गुरुङ घाइते भएकी हुन् । उनको अहीले जिल्ला स्वास्थ्य कार्यालामा उपचार भइरहेको मञ्जुका अंङकल डम्मर गुरुङले जानकारी दिएका छन् । आगलागीमा एउटा भैसी समेत मरेको छ ।