कोदालोले हिर्काएर छोराद्धारा बाबुको हत्या
कृष्ण आचार्य,दैलेख । बैशाख १८-नारायण नगरपालिका वडा नं.९ साडुंमा हिजो राती करीव १० बजे कोदालोले हिर्काएर छोराले बाबुको हत्या गरेका छन् ।
मदिरा सेवन गरेका ४० वर्षिया छोरा हिरावहादुर रेश्मी मगरले आफ्नै ६३ वर्षिया बाबु गंगवहादुर रेश्मी मगरलाई घरमै घरायसी विवादलाई लिएर हत्या गरेको हुनसक्ने आशंका रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुदर्शन थापाले जानकारी दिए । हत्या गर्ने छोरा हिरावहादुरलाई राती १२ बजे नै प्रहरीले पक्राउ गरीसकेको र घटनाको विषयमा थप अनुसंधान भैरहेको उनले वताए । हत्या भएका गंगवहादुरको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।