इजरायलमा लुम्बिनी-कपिलवस्तु राष्ट्रिय समिति गठन
इजरायल । गौतम वुद्ध भारतमा जन्मिएको नभई नेपालमा जन्मेको भन्ने सन्देश फैलाउन इजरायमा पनि नेपालीहरुको सक्रियतामा लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल राष्ट्रिय समिति गठन गरिएको छ । शनिवार इजरायलमा भएको एक भेलाले मिना राईको संयोजकत्वमा १७ सदस्यीय लुम्बिनीकपिलवस्तु दिवस अभियान इजरायल राष्ट्रिय समिति गठन गरिएको हो ।
सदस्यहरुमा जमुना तामाङ, नेहा साईराम गुरुङ, काजोल घिमिरे, सूर्य सिंखडा, तेन्जिङ शेर्पा, साबि पाठक, सीता सापकोटा, भगवती बस्नेत, विजय बान्तवा, कविता शर्मा, लिला लिम्बु, नीतु खतिवडा, लक्ष्मी पोख्रेल, उर्मिला लामा, सुचित्रा खनियाँ र मञ्जु खड्का रहनु भएको छ ।
यसैगरी भेलाले ८ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा पुष्प श्रेष्ठ, कृष्ण ज्ञवाली, दिपेन्द्र थापा, कृष्ण निरौला, अम्बिका क्षेत्री, खगेन्द्र सुबेदी, कृष्ण रायमाझी र अनिता लामा रहनु भएको छ । कार्यक्रममा इजरायलस्थित नेपाली दूताबासका उप नियोग प्रमुख रमेश प्रशाद खनालको पनि उपस्थिती रहेको थियो ।
समाचार ऑनलाइन खबर बाट
