अभिनेत्री सुशीला रायमाझीको बिहीबार निधन
काठमाडौं, माघ १३- अभिनेत्री सुशीला रायमाझीको बिहीबार निधन भएको छ। क्यान्सरबाट पीडित रायमाझीको ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको उनका नातेदार तथा फिल्म निर्माता रमेशजंग रायमाझीले जानकारी दिए।
उनको पतिको निधन भइसकेको छ। रायमाझीका दुई छोरी छन्। बिहीबार राती नै उनको दाहसंस्कार गरिने रामेशजंगले जानकारी गराए। 'बी एण्ड बीमा ठाउँ नभएकाले टिचिङमा सव राखिएको छ। कान्छी छोरी अमेरिकाबाट आजै राती आईपुग्छिन्। त्यसपछि अन्तिम संस्कार गरिन्छ,' रमेशजंगले भने।
देशको ठुलो कलाकारको अन्त्यष्टी गुपचुप नबनाउन आफुले आग्रह गरेपछि परिवारले नमानेको रमेशजंगको भनाई छ।
राम्रो अभिनय गर्ने कलाकारको रुपमा प्रसिद्ध रायमाझीले 'धन सम्पती' र 'पिंजडा' नामक फिल्म निर्माण गरेकी थिईन्। उनको जेठी छोरी प्रसिद्धिकाले यी फिल्महरुमा हिरोइनको भूमिका निर्वाह गरेपनि उनले अभिनयलाई निरन्तरता दिईनन्।

स्रोत :नागरिक