|

चार नेपालीलाई भारतीय सीमा बलले गाउँमै बन्धक बनायो

गुलरिया, माघ १४ - भारतीय वन सुरक्षाकर्मीको सहयोगमा स्थानीयले सीमापार सामान खरिद गर्न गएका चार नेपालीलाई भारतीय सीमा बलले गाउँमै बन्धक बनाएको छ । बनायो
स्थानीय जमुनी गाविस ८ डाँफेका मानबहादुर बुढा, पूर्णबहादुर कार्की र भरत तेम्जुङ राईलाई शुक्रबार भारतीयले बन्धक बनाइराखेको प्रहरीले जनाए । अर्का एक नाम नखुलेका डाँफेका नेपाली नागरिक भारतीय जंगलमा घाँस काट्दै गरेका अवस्थामा समातेर लगेको प्रहरी उपरीक्षक रामकृपाल शाहले बताए ।

भारतीय वनरक्षकले नेपाली भूमि अतिक्रमण गर्दै सीमामा डोजर लगाई खाडल बनाउँदै गरेकोमा डाँफेका युवाले विरोध गरेका थिए । त्यस क्रममा द्विपक्षीय कुटाकुट भएपछि प्रतिरोधमा भारतीय नागरिकले बलै गाउँमा उनीहरूलाई बन्धक बनाएका हुन् । कुटाइबाट नेपाली र भारतीय ९ जना सामान्य घाइते भए । उनीहरूले कुटपिटमा संलग्नलाई नबुझाएसम्म नछाड्ने बताएका छन् ।

बिहानैदेखि नेपाल-भारत सीमामा आउजाउ गर्न भारतीयले रोक लगाएको छ । भारतसँग जोडिएका पूर्वी नाका तनावग्रस्त छ । तनावका कारण इलाका प्रहरी मैनापोखर र जमुनीबाट सशस्त्र प्रहरी भारतमा बन्धक बनाइएकालाई छाड्न समकक्षी भारतीय अधिकारीसँग वार्ता गर्न गएका छन् ।

गत फागुन ५ गते भारतीय सुरक्षाकर्मीले चोरी सिकार गरेको आरोपमा जमुनीका हर्कबहादुर शाहीलाई नेपाली भूमिबाट बेपत्ता बनाएका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात छ । भारतीय सुरक्षाकर्मीले शाहीलाई मारेको आशंका स्थानीयले गरेका छन् । यसको पुस्ट्याइँ भने नेपाली अधिकारीले गर्न सकेका छैनन् ।
                                                                                                                                             स्रोत :कान्तिपुर


Posted by Butwalonline on 9:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चार नेपालीलाई भारतीय सीमा बलले गाउँमै बन्धक बनायो"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु