मोटरसाइकल दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यू
धरान, माघ १३ - सुनसरीको इटहरी-धरान सडक खण्डमा पर्ने पानीपियामा शुक्रबार साँझ सात बजे भएको मोटरसाइकल दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यू भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट इटहरी २ कि करिब ४० वर्षीया जितकुमारी राईको घटनास्थलमै मृत्यू भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।
धरानबाट इटहरी तर्फ गइरहेको को११प १०३० नम्वरको मोटरसाइकल पैदलयात्रीसँग ठोकिँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक धरान-८ भोटेपुल बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र इटहरी-२ बस्ने १२ वर्षीय सविन थापामगर घाइते भएका छन् । उनीहरुको धरान स्थित बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये सविन थापामगरको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । तिव्र गतिको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्रोत :कान्तिपुर