|

वाग्लुङ सेवा समाज युएईको कमिटि विस्तारमा तिव्रता

गितामणी पाण्डे युएई दुवई मंसिर २४-गत शुक्रवार वाग्लुङ सेवा समाज युएई केन्द्रिय कमिटीको आयोजनामा शारजाहा क्षेत्रिय कमिटी गोपाल सापकोटिको अध्यक्षतामा ११ सदस्यिय पदाधिकारि चयन गरेको छ । सो कमिटीमा क्रमस . उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष प्रेमवहादुर विक , रमाकान्त कणेंल,धनवहादुर परियार र वुद्धिवहादुर सदस्यमा क्रमस. होमवहादुर सेरपाली ,तमवहादुर सेरपाली ,सववहादुर सेरपाली ,रामवहादुर विक र रमेस विक चयन भएको जानकारि सचिव केदारसिंह नेपालीले गराएका थिए ।

उक्त भेलामा केन्द्रिय कमिटी वरिष्ठ सल्लाहकार मानवहादुर थापा , सचिव केदारसिंह नेपाली , सहसचिव पुर्ण सापकोटा र कोषाध्यक्ष पितम्वर पाण्डेको उपस्थिती थियो भने वरिष्ठ सल्लाहकार मानवहादुर थापाले वाग्लुङ सेवा समाजको वारेमा प्रष्ट पार्दै हामि सवै मिलेर काम गरियो भने आंट र शाहस र हौसला वढने भन्दै नयां कमिटीलाई कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।

Posted by Butwalonline on 9:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वाग्लुङ सेवा समाज युएईको कमिटि विस्तारमा तिव्रता"

Leave a reply