बासको ११ औ बार्षिकोत्सब सम्पन्न
नेपालगन्ज मंसिर २४-बासको ११ औ बार्षिकोत्सब तथा भ्रष्टाचार बिरुद्धको ९ औं अन्तरराष्टिय दिवसको अवसरमा आयोजित असल कर्मचारी घोषणा र राष्टिय सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।नेपालगन्जको भेरी प्राविधिकमा सम्पन्न कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, नागरिक समाजका व्यक्तित्व, पत्रकार, सबैसाधारण गरि ५०० बढि सहभागीहरुको माझमा घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका विच कान्तिपुर दैनिकका समाचार सम्पादक तथा भ्रष्टाचार विरुद्धको अभियानमा मिडिया मार्फत सक्रिय योगदान पुर्याउदै आएका पत्रकार हरि बहादुर थापा र लामो समय देखि महिला तथा वालबालीकाको क्षेत्रका काम गर्दै आएका महिला तथा बालवालीका कार्यालय बााकेका महिला कार्यक्रता विन्दु कुवरलाई असल कर्मचारी २०६८ को रुपमा सम्मान गरिएको छ । सम्मानीत पत्रकार थापालाई बासका सल्लाहकार तथा प्रो पब्लीक का असल शासन कार्यक्तम निर्देशक केदार खड्का तथा नेपाल पत्रकार महासंघ का सल्लाहकार पोषण केसीले ताम्रपत्र, दोसल्ला सहित अविर लगाएर सम्मान गरिएको थियो । भने सम्मानीत कुवंरलाई बााकेका प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरे ले सम्मान पत्र सहित दोहल्ला ओडाएर सम्मान गरेका थिए ।
यसैगरी बासका विभिन्न जिल्लामा शाखाको रुपमा काम गर्दै आएका उत्कृष्ट शाखाहरुलाई नगद सहित प्रमाणपत्र दिएर सम्मान गरिएको थियो । जस अन्तरगत बास रुकुम शाखा लाई नगद ५ हजार सहित प्रमाणपत्र, बास बर्दिया शाखा लाई नगद ३ हजार सहित प्रमाण पत्र, तृतीय हुने बास मुगु शाखालाई २ हजार नगद सहित प्रमाणपत्र र सान्त्वना स्वरुप बास दैलेख शाखालाई नगद १ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रो पब्लीक का असल शासन कार्यक्तम निर्देशक केदार खड्काले बासले गर्दै आएको कामको निकै प्रसंसा गर्दै राष्टमा गरेर काम गर्ने असल कर्मचारीहरुको खोजविन गरि सम्मानीत गर्न थालेकोमा देशमा असल काम गर्ने कर्मचारीहरुमा हौसला थपिने बताए । उनले देशमा खराब कर्मचारी तन्त्रमा असल कर्मचारीहरु समेत हुदारहेछन् भन्ने उदाहरण यो कार्यक्रम भएको बताए । असल शासनमा काम गर्नेले यस्तै लडाई लड्नु पर्ने भन्दै उहााले देशमा ऐन कानुन छैन भन्ने अवस्था नरहेको र सबैले नियम र ऐनको कार्यान्वयनमा जोड दिन’पर्ने बताएका थिए ।असल काम गर्ने व्यक्तिलाई सम्मान गर्न नसके असल व्यक्ति पलायन हुने उनको भनाई रहेको थियो ।