नेपाली तिहार, भारतीय उपहार
विनोद परियार,रुपन्देही,८ कात्तिक । नेपालीजनको दोस्रो ठूलो चाड तिहारले घरआगन टेकिसक्यो । दिदि बहीनीहरु दाजुभाईका लागि सप्तरङगी टिका,माला,ओखर लगायतका सरसामान किन्न ब्यस्त देखिन्छन् । शहरदेखि गाउसम्म जताततै तिहारको रौनकता छ ।
रुपन्देहीका मुख्य शहर बुटवल, भैरहवा सहित ग्रामिणभेगमा पनि तिहारको चहपहल देखिन्छ । तिहारका लागि चाहिने टिका,माला,ओखर,उपहारजन्य सामाग्री किन्नेहरुको भिडभाड पनि उतिकै छ । केहि बर्षअघिसम्म घरअगाडि फुलेको मखमली,सयपत्रि,गोरुधुली फुलका माला उन्नमा ब्यस्त हुन्थे दिदि बहिनीहरु ।
तर, अहिले भने अवस्था फरक हुदै गएको छ । पोहोर परारसम्म प्लाष्टिकका माला किन्नेहरुको संख्या अलि कम थियो तर यसपाली भने घरअगाडिको मखमली,सयपत्रि फुल उन्न छाडेर प्लाष्टिकको माला किन्ने होडमा छन् दिदि वहिनीहरु ।
‘एक त सयपत्रि,मखमली र गोरुधुली फुलको माला पाईदैन,त्यसमाथि माला उन्न पनि झन्झट हुन्छ’ बुटवलको एक पसलमा प्लाष्टिकको माला किन्दै गरेकी शर्मिला पन्थीले भनिन । उनले हरेक बर्ष प्लाष्टिकको माला नै दाजुभाईको गलामा पहिराईदिने गरेकी छन् । उनी मात्रै होईन रुपन्देही सहित यस क्षेत्रका अधिकांश महिलाहरुले प्लाष्टिककै माला लगाईदिएर भाईटिका मनाउने गरेका छन् । बुटवल र भैरहवा बजारका प्राय : पसलहरुमा प्लाष्टिककै माला झुन्डिएका छन् ।
नेपालका सयपत्रि,मखमली,गोरुधुली फुलको प्रयोग नगरेर भारतबाट आएका प्लाष्टिकका मालाप्रति आकर्षण बढेकोमा पुष्प ब्यवसायिहरुले भने दु:ख ब्यक्त गरेका छन् । तिहारमा अत्याधिक प्रयोग हुने फूल भारतीय बजारबाटै आउन थालेपछि नेपालका पुष्प ब्यवसायिहरु पलायन हुने अवस्थामा पुगेको दुखेसो गर्छन् । ‘फुलको माग अधिक छ तर बास्तविक फुलतिर भन्दा वनावटीप् फुलमा मानिसहरुको आकर्षण बढेको छ ’
बुटवलको कालिकानगर स्थित गुप्ता नर्सरीकी संचालिका सरला जोशीले भनिन । उनले नेपालमा फुलको अत्यधिक खपत हुने भएपनि पुष्प ब्यवसाियहरुलाई राज्यले प्रोत्साहन गर्न नसक्दा भारतीय नक्कली मालाले बजार ओगटेको बताईन ।
सरकारले नेपालमा पुष्प ब्यबसायको राम्रो ब्यबस्थापन तथा ब्यबसायिलाई प्रबद्र्धन गर्न नसक्दा नेपाल भारतीय बजारमा आश्रित हुनु परेको हो । जसका कारण बर्षेनी तिहारको समयमा मात्रै बार्षिक करौडौं रुपैया भारत जाने गरेको छ ।
गांउघरतिर फुलेका फूलहरु खेर गईरहेको अवस्थामा सजिलोको लागि प्लाष्टिकको माला प्रयोग गर्ने प्रंचलन गलत भएको कतिपयको तर्क छ । बुटवल भैरहवामा प्लाष्टिकको मात्रै होईन बास्तविक फुलको माला पनि भारतबाटै मगाउनुपरेको बुटवल ट्राफिकचोकका एक ब्यवसायिको भनाई छ ।लामो समयदेखि फुलका माला बेच्दै आएका ती ब्यवसायीका अनुसार ९० प्रतिशत भन्दा बढि भारतीय माला नै बिक्रि गर्नुपर्छ । माला मात्रै होईन अहिले बजारमा टिका,ओखर र उपहारका सामान समेत भारती ने बढि विक्रि हुने गरेको छ ।