|

राजस्वमा ५० प्रतिशतले वृद्धि,जिविसको करिब दुई करोड फ्रिज

मुक्तिप्रसाद न्यौपाने,साउन ९, पाल्पा-यस बर्ष पाल्पा जिल्लामा गत बर्ष भन्दा पचास प्रतिशत बढी राजश्व उठेको छ । गत बर्ष आठ करोड राजश्व उठेकोमा यस बर्ष बाह्र करोड चौवालिस लाख रुपैया राजश्व उठेको हो । जिल्ला विकास समिती पाल्पाको १ करोड ७३ लाख ५ सय रुपैया खर्च हुन सकेन ।

पाल्पा जिल्लाका सरकारी विकास कार्यालयहरुले जनताको विकास निर्माणको लागी आएको झण्डै ८ करोड रुपैया खर्च नहुदा जनताले सहि समयमा विकासको लाभ लिन सकेनन । डिभिजन सडक कार्यालयको लागी ३५ करोड ६७ लाख मध्ये ३२ करोड ३४ लाख ७० हजार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको लागी १९ करोड ९४ लाख २३ हजार मध्ये ५ करोड ७ लाख ४२ हजार, डिभिजन भवनको लागी १९ करोड ९४ लाख २३ हजार मध्ये १४ करोड ८७ लाख ४२ हजार, डिभिजन सिंचाई कार्यालयको लागी ५ करोड ९१ लाख ७० हजार मध्ये ५ करोड ७८ लाख मात्र विकासको नाममा खर्च भएको छ । करीव ८ करोड रुपैया फिर्ता जादा जनताले सहि समयमा विकास निर्माण सदुपयोग गर्न पाएनन ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको तथ्याङ्क अनुसार डिभिजन सडक कार्यालय, खानेपानी कार्यालय, सिंचाई कार्यालय डिभिजन भवन कार्यालयहरुमा सरकारले विकास निर्माणको लागी विनियोजन गरेको रकम खर्च हुन नसकेको हो ।


Posted by Butwalonline on 4:34 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजस्वमा ५० प्रतिशतले वृद्धि,जिविसको करिब दुई करोड फ्रिज"

Leave a reply