बाख्रा फर्ममा आगलागी हुँदा १ सय ४५ वटा बाख्रा डढेर सखाप
पाल्पा, साउन ९- स्याङजा साँखर-५ मा सञ्चालित बाख्रा फर्ममा आगलागी हुँदा १ सय ४५ वटा बाख्रा डढेर मरेका छन्। विदेशबाट फर्केका ८ जना युवाहरुले चलाएको मेलमिलाप कृषि फर्ममा मंगलबार बिहान करिव ३ बजेतिर आगलगी भएको प्रहरीले जनाएको छ।
कृषि फर्मका अध्यक्ष रमाकान्त भट्टराईले विजुली सर्ट भएर वा कसैले आगो लगाईदिएको हुन सक्ने बताए।स्थानीय युवराज पोख्रेलका अनुसार बाख्रा राख्ने खोर काठले बनेको र छाना खरले छाएको थियो। बाख्रा फर्म देखि नजिकै वस्ति छ। प्रहरी चौकी रत्नपुरको टोलिले अनुसन्धान सुरु गरेको छ। प्रही नायव निरिक्षक अशोक कुमार श्रीवास्तवले पानी परिरहेकोले अनुसन्धानमा समस्या भएको बताए। 'पानी परेकोले हात, खुट्टको निसानी र अन्य तथ्य प्रमाणहरु नष्ट भएका देखिन्छ।' उनले कसैले अगलागी गराएको हो वा विजुली सर्ट भएर भयो यकिन नभएको बताए।
कृषि कार्यालय स्याङ्जाले समेत फर्मका लागि अनुदान सहयोग गरेको थियो। आगलागीबाट करिव २० लाख बराबरको क्षति भएको अनुमान छ।
समाचार नागरिक न्यूज (टेकनारायण भट्टराई)
