नक्कली डाक्टर बनेर स्वास्थ्योपचार गर्दै आएका १० जना पक्राउ
पोखरा, श्रावण ९ - नक्कली डाक्टर बनेर विभिन्न स्थानमा स्वास्थ्योपचार गर्दै आएका १० जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि कास्की प्रशासनमा पेस गरिसकेको छ ।
पाउँदै नपाएको डाक्टर उपाधि राखेर सर्वसाधारणको स्वास्थ्योपचार तथा प्राकृतिक चिकित्सासम्बन्धी संस्थासमेत सञ्चालन गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा १२ का सुपरभिजन प्राकृतिक स्वास्थ्य केन्द्रका डिलाराज लामिछाने, धादिङ ज्यामरुङ ९ का पायनियर्स इनर्जी एडभेन्चरका ऋषिराज लम्साल, कास्की कृस्तीनाच्नेचौर १ का माछापुच्छ्रे्र प्राकृतिक उपचार केन्द्रका यामबहादुर रानाभाट छन् । त्यस्तै, स्याङ्जा कारीकोट ३ का मुम्बई होमियो फार्मेसीका केबी थापा, कास्की घाचोक ४ का सूर्यकमल प्राकृतिक उपचार केन्द्रका योगीराज कोमलानन्द, धादिङ मार्फा ६ का डीपीएमसी आश्रम तथा योग ध्यान केन्द्रका डेबिड पन्त पनि पक्राउ पर्नेमा छन् । स्याङ्जा वालिङ ८ का नेत्रनाथ रेग्मी, पोखरा १० का ग्लोबल सेन्टर फर पोजेटिभ हेल्थका सञ्चालक सूर्यबहादुर गुरुङ, सोही स्थानका आरोग्यधाम सेवा केन्द्रका सञ्चालक विष्णु चापागाईं र काठमाडौं मातातीर्थका स्पार्क बीएन्डबी अस्पतालका डाक्टर बताउँदै हिँड्ने सुनिल पौडेल छन् ।
कास्की प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलका अनुसार पक्राउ सबैले आफ्नो नाम अगाडि डा. लेख्दै आएका छन् । 'पहिलो चरणको सोधपुछमै उनीहरूले कुनै पनि आधिकारिक उपाधि नपाएको तर नामका अगाडि डाक्टर लेखेर विभिन्न स्वास्थ्य संस्थामार्फत उपचारमा संलग्न भएको बयान दिएका छन्,' पौडेलले भने, 'भ्रष्टाचार निवारण ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि प्रशासनमा पेस गरिएको हो ।' पक्राउ अधिकांश योग प्राकृतिक तथा वैकल्पिक चिकित्सा परिषद् कार्य समिति पदाधिकारी छन् ।
समाचार कांतिपुर बाट