|

प्रेस विज्ञप्ती


                                                                                                                                     २०६९ श्रावण ९
     प्रेस विज्ञप्ती

अनेरास्ववियु शिक्षा क्षेत्रभित्रका तमाम विकृति विसंगति, अनियमितता र अराजकता विरूद्धको आन्दोलनको नेता  शक्ति हो । सर्वसुलभ र व्यवहारिक शिक्षा प्राप्तिको आन्दोलनको अभियन्ता पनि हो । अनेरास्ववियु ऋत्भ्ख्त् भित्रको अनियमितता, भ्रष्टा्रचार र शैक्षिक अराजकता विरूद्ध निरन्तर संघर्षरत छ । २०६९ श्रावण ५ र ६ गतेका दिन ऋत्भ्ख्त् अन्तर्गतका पूर्ण शुल्कीय तथा छात्रवृति तर्फका विभिन्न २१ संकायमा प्रवेश परिक्षामा देखिएको अनियमितता कालोवजारी र अनुचित प्रलोभनमा परी ऋत्भ्ख्त् का कर्मचारी, संस्था संञ्चालक, परिक्षाकेन्द्र र शैक्षिक माफियाको मिलोमतोमा भएको अनेरास्ववियुको ठहर छ । परिक्षा हुनभन्दा २ दिन अगाडि प्रश्नपत्र बाहिरिन, नक्कली कागजपत्र सहित नक्कली परिक्षार्थी , देशभरिका परिक्षा केन्द्रहरूमा सङ्गेहात फेला पर्नु ऋत्भ्ख्त् ले विगतको घटना क्रमवाट पाठ सिकि परिवर्तन कारी विधि प्रक्रिालाईलाई आत्मसाथ नगर्नु  विभिन्न समयमा अनेरास्ववियुले ज्ञापनपत्र मार्फत राखेका मागहरू प्रति वेवास्ता गरिनु र नक्कली परिक्षार्थी र यसमा सम्मिलित व्यक्तिहरूलाई संरक्षन गर्न खोज्ने ग्रैरजिम्मेवारी व्यवहार प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तो अनियमित कार्यमा संलग्न सबैलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै अनेरास्ववियु र नेविसंघ  लगायत संयुक्त रूपमा परिषदका उपाध्यक्ष, सदस्य सचिव, परिक्षा नियन्त्रण कार्यालय प्रशासन, स्तर निर्धारण सहप्रशासक आदिमा अनिश्चित कालिन तालावन्द्धी संयुक्त विद्यार्थी आन्दोलनकै मर्म र भावना भएको समेत जानकारी गराउाछौ । ऋत्भ्ख्त् लाई कार्वाहीको प्रक्रिया अगाडि वढाउन जोडदार माग गर्न चाहन्छौा ।  अन्यथा अनेरास्ववियु संघर्षका जस्तासुकै कायक्रम सञ्चालन गर्न वाध्य हुने व्यहोरा अवगत गराउाछौा । साथै अनेरास्ववियुको अनियमितता विरूद्धको यो आन्दोलनमा सम्पूर्ण    सम्पूर्ण सरोकारवाला पक्ष अविभावक, कर्मचारीहरू, विद्यार्थी सार्थीहरु सबैलाई यो आन्दोलनमा साथ र सहयोगको लागि आब्हान गर्दछौा ।



हार्दिक अभिवादन सहित !


अध्यक्ष
माधव ढुङ्गेल


Posted by Butwalonline on 3:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस विज्ञप्ती"

Leave a reply