नवलरासीको सुनवलमा भएको सवारी दुर्घटनामा तीनको मृत्यु
नवलपरासी
साउन १ - पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलरासीको सुनवलमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाइते भएका छन् । दैलेखबाट काठमाण्डौ आउँदै गरेको ना ३ ख ५०९० नम्वरको बस र ना ४ ख ११ ४१ टि्रपर सुनवल चोकमा ठोक्किदा टि्रपरका चालक र सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा टि्रपरका चालक पुरन पाठक, कालिकोटका ३० वर्षे अनन्त अधिकारी र अर्का एक जना वसका यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका यात्रुको भने परिचय खुल्न बाँकी रहेको छ ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट
