|

तिहारे फूल भारतीय बजारमै निर्भर

                 तिहारे फूल भारतीय बजारमै निर्भर
  • नेपालमा लगानीको बातावरण नै छैन :पुष्प ब्यबसायी
  • तिहारमा मात्रै ३० देखि ४० लाखका फूल आयात
  • कृत्रिम फूलले बजार ढकमक्क

कपिल ज्ञवाली,बुटवल कार्तिक ६-हिन्दुहरुको दोश्रो ठूलो चाड दीपावलीमा अत्याधिक प्रयोग हुने अधिकांश फूल भारतीय बजारमै निर्भर छ । चाडबाडमा फूलको खपत अत्याधिक हुने भएपनि सरकारले नेपालमा पुष्प ब्यबसायको राम्रो ब्यबस्थापन तथा ब्यबसायिलाई प्रबद्र्धन गर्न नसक्दा भारतीय बजारमा आश्रित हुनु परेको हो । पहाडी जिल्लामा भन्दा तराईका शहर–बजारमा तुलनात्मक रुपले फूल बढी बिक्री हुने तर उत्पादन प्राय: नहुने अबस्था छ । बर्षेनी आउने यस्ता चाड पर्बहरुमा पनि खपत हुने बिभिन्न प्रकारका फूलहरुको ब्यबसायिक पुष्प खेतीको अभाब हुदा समस्या निम्तिरहेको छ । नेपालमा उत्पादन भन्दा बढि फूलको बढि खपत हुने गरेको छ । गांउघर तिर सयपत्री, हजारी, मखमली, थुड्डे पतरे फूल लगायतका फूलहरु फुल्न थालेका छन् । गांउघर फूलहरुले ढकमक्क बन्न थालेका छन् । तर शहरी क्षेत्रमा भने सदा झै फूलको अभाब कायमै छ ।

पुष्प व्यवसायीहरु आफ्ना समस्यामा सरकार उदासिन देखिएकाले समस्या पैदा भएको तर्क गर्छन् । बेलाबेलामा फूलमा लाग्ने रोगबाट जोगाउन समेत कठीनाइ हुदा तथा उचित मुल्य नपर्ने गरेका कारण लगानी डुव्ने खतरा बिद्यमान रहेको व्यवसायीहरु बताउछन् । नेपाल हावापानीका हिसावले फूल खेती गर्न उपयुक्त भएपनि बिद्यमान समस्याले व्यवसायीक खेतीमा ठोस उपलब्धि हुन सकेको छैन । अन्य समयमा भन्दा चाडपर्वहरु तथा बिबाहको सिजनमा भारतबाट सयपत्री, हजारी, मखमली, थुड्डे लगायतका माग अनुसारका फूलहरु भित्रिने गरेका छन् । तराईका जिल्लामा तिहारलाई लक्षित गरी फूल खेती गरिंदा वर्षातको समयमा अलि बढि समस्या हुने गरेको पाईएको छ ।पहाडी जिल्लाका लागि फूल खेती अत्यन्तै राम्रो भएपनि व्यावसायिक रुपमा खेत गर्नेहरु छैनन् ।

बुटवल भैरहवाका अधिकांश पसलमा भारतबाट आयातित बनावटि मालाहरु देखिन्छ । नेपालमा फूलको बीउ,बिरुवा विजन उत्पादन नहुने गर्नाले करोडौं कम विदेशीने गरेको छ । रुपन्देहीमा रहेका बिभिन्न नर्सरीहरुले फूलको ब्यापार नगरेपनि बिरुवा तथा नर्सरीमा फूलेका केहि फूलहरु बाहेक पुष्पको मात्रै ब्यापार नगरेको बताए । गाउमा फुलेका मखमलि, सयपत्रि र गुरधौली फूलहरु त्यसै खेर गइरहेपनि बजारसम्म ल्याउने ब्यवस्था नहुदा यस्तो समस्या आएको कतिपयको भनाई छ । जिल्लामा कृत्रिम तथा बास्तविक फूलका मालाहरु ८५ प्रतिशत भन्दा बढि भारतबाटै आउने गरेको छ । बुटवलको कालिकानगरमा रहेको बिकास नर्सरीकी संचालिका सरला भण्डारीले आफूहरुले पुष्पको मात्रै ब्यबसाय गरेको बताईन् । सरकारले बिउ विजन तथा राम्रा र लोकप्रिय फूलहरुको बिरुवाको राम्रो व्यवस्था गर्न सकेमा ब्यबसाय संचालनमा प्रभाबकारिता हुने उनको भनाई रहेको छ । अहिले बुटवल तथा आसपासका बजारमा प्रति माला २० देखी ५० रुपैयामा बिक्रि हुने गरेका छन् । तिहारको लागि मात्रै ३० देखि ४० लाख बराबरको मुल्यका भारतिय फूलहरु बेलहिया नाका हुदै प्रत्येक बर्ष नेपाल भित्रिईरहेको छ । बर्षेनी फूलको आयात बढिरहेको बेलहिया नाकाले जनाएको छ ।

बुटवलको ट्राफिकचोक, मिलनचोक,देबीनगर,मणिग्राम लगायतका स्थानमा बिक्रि केन्द्र रहेका छन् । रुपन्देहीमा दर्जनको हाराहारीमा पुष्प ब्यवायिहरु छन । उनीहरुले फुल तथा विरुवाहरु उत्पादन गरि विक्रि गर्ने गरेका छन । यद्यपि उनीहरुको फूलभन्दा भारतबाट आउने आयातीत फूल सस्तो भएपछि बजार नपाएको गुनासो गर्छन् । लुम्बिनी पुष्प ब्यवसायि संघका अध्यक्ष रमेश पाण्डेले जिल्लामा फूलको उत्पादन क्षमता राम्रो भएपनि सरकारी सहयोग नपाएको बताए । ‘यहाबाट पूर्वको झापा तथा पश्चिम महेन्द्रनगर सम्म पनि यी फूलमालाहरु जान्छन् ’उनले लुम्बिनी संग अगाडि थपे – हामी रुपन्देहीमा पुष्प ब्यबसायका लागि गुरुयोजना आबश्यक रहेको औंल्याए । बेलहिया बर्षेनी सिमा नाका सुनौली हुदै हजारौं भारतीय बनावटि फूल तथा माला नेपाल भित्रिएपछि मखमली,सयपत्रि,गुरधौली लगायतका फूलको माला पनि प्रशस्त पाईन छाडेको हो । तिहार लनगिसकेकाले अहिले बुटवल भैरहवाका अधिकांश पसलमा भारतबाट आयातित बनावटी मालाहरु देखिन्छ । नेपालका ग्रामिणक्षेत्रमा सयपत्रि , मखमली , गुरधौलि लगायतका फुलहरु खेर गइरहेको अवस्थामा बजार क्षेत्र भने कृत्रिम फूलले ढकमक्क पारेको छ ।
                                       
                           तिहारको रौनकताले बजार रङ्गी चङ्गी
विजयादशमी सकिए लगत्तै बजारमा फेरी दोश्रो ठूलो चाड दिपावली अर्थात् भाईटिकाको रौनकता देखिएको छ । सर्वसाधारणहरु दीपावलीको लागि आवश्यक सामाग्री खरिद गर्नुको साथै विभिन्न प्रकारका परिकारहरु तयार गर्नमा व्यस्त बन्न थालेका छन् । बजारमा अहिले दिदीबहिनीहरुको चहलपहल बढि छ ।

खासगरि दीपावली तथा भाईटिकाको लागि बढि प्रयोग हुने फूल, माला, झालर, तथा सप्तरङगी टिकाहरुले अहिले बजारहरु नै रङगी चङगी देखिएका छन् । दिपावलीमा सर्वसाधारणहरुले फूल माला तथा झालरहरुले घर आंगन सजाउने हुदा यस्ता सामाग्रीहरुको बिक्रि वितरण अत्याधिक भएको व्यापारीहरु बताउछन् । ब्यापारीहरुले पनि यहि समयको फाईदा उठाउदैं ब्यापारलाई निकै तिब्र पारेका छन् । बुटवल बजार अहिले नब बेहुली झैं देखिन थालेको छ । कृतिम रुपमा प्लाष्टिकबाट बनाईएका यस्ता फूल तथा मालाहरु भारतिय बजारमै निर्भर छ ।

ग्रामिण क्षेत्रमा घरमै लगाईएका सयपत्री तथा मखमली फूलको प्रयोग गरिने भएतापनि शहरी क्षेत्रमा यस्ता फुलहरुको अभावका कारण कृतिम मालाहरुको प्रयोगको प्रचलन बढेको हो । तिहारका लागि चाहिने बिभिन्न रंगका टीका, ओखर तथा घाँजीको ब्यापार पनि शुरु भएको ब्यापारीहरु बताउछन् । बिगतका बर्षहरुमा भन्दा यसबर्षका पर्वहरुमा चित्तबुझ्दो ब्यापार भएको बुटवलको ट्राफिकचोकका ब्यापारी सुरज पौडेलले सुनाए । उनलाई अहिले तिहारको लागि चाहिने मसला बेच्न भ्याईनभ्याई छ । यस्ता खालका पसलमा दिनभर भिड बढेको छ यता चाडवाडलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले पनि सुरक्षा सर्तकता प्रभाबकारी बनाएको छ । अहिले बुटवलका मुख्य चोकचोकमा प्रहरी उपस्थिती देखिन्छ ।




Posted by Butwalonline on 8:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिहारे फूल भारतीय बजारमै निर्भर"

Leave a reply