|

यु–१९ छात्र सेभेन–ए–साइड फुटबल प्रतियोगितामा पोखराको सोसियल पब्लिक स्कुलले नेपाली टीमको प्रतिनिधित्वि गर्ने

पोखरा, ७ कात्तिक।एसियन सेभेन–ए–साइड फुटबल महासङ्घको आयोजनामा भारतको पर्यटकीय क्षेत्र गोवामा यही कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुन गइरहेको यु–१९ छात्र सेभेन–ए–साइड फुटबल प्रतियोगितामा नेपाली टीमको प्रतिनिधित्वि गर्दै पोखराको सोसियल पब्लिक स्कुल सहभागी हुने भएको छ।

नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घद्वारा गत असोज १–७ गतेसम्म पोखरामा आयोजित तेस्रो अन्तरविद्यालयस्तरीय छात्र सेभेन–ए–साइड फुटबल प्रतियोगिताको सोसियल पब्लिक स्कुल विजेता बनेको थियो।प्रतियोगितामा भारतका २४ प्रदेशका विजेता टीम र नेपाल गरी २५ टीमको सहभागिता रहने छ।

महासङ्घले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुमा मनबहादुर तामाङ, सुशान्त गुरुङ, अजित भण्डारी, राजकुमार श्रेष्ठ, अजय श्रेष्ठ, भीमसेन दुरा, इनेश तामाङ, विश्वास नेपाली, किरण ठाडामगर र दीपेन्द्र कुावर गरी १० जना, प्रशिक्षक ज्ञानेन्द्र भण्डारी र व्यवस्थापक दीपक थापासहितको टोली कात्तिक १४ गते त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिइयो। टोलीमा दुई जना पत्रकार प्रेम नेपाली र धन बस्नेत पनि रहनेछन्।

एसियन सेभेन–ए–साइड फुटबल महासङ्घका भाइस प्रेसिडेन्ट समेत रहेका नेपाल सेभेन–ए–साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुनले विगतमा नेपालको प्रतिनिधित्व गरेर गएको महिला तथा पुरइा टीमले पनि भारतमा उत्कृष्ट प्रदर्शन गर्दै आएको र यसपटक पनि उत्कृष्ट प्रदर्शन गरेर आउने विश्वास व्यक्त गरे।गोवामै एसियन सेभेन–ए–साइड फुटबल महासङ्घको कार्यकारिणी समितिको समीक्षा बैठक बस्ने पनि उनले बताए।

टीम व्यवस्थापक सोसियल पब्लिक स्कुलका संस्थापक निर्देशक दीपक थापाले नियमितरूपमा खेलिरहेका केटाहरु भएकोले टीमको राम्रो तयारी भएको जानकारी दिए।सोही अवसरमा सञ्चालन हुने दुई दिने रेफ्री कोर्षमा भाग लिन रेफ्री सुशील केसी जाने अध्यक्ष पुनले जानकारी दिए। कार्यक्रम महासङ्घका महासचिव डीबी नेपालीले सञ्चालन गरेका थिए।

Posted by Butwalonline on 10:20 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यु–१९ छात्र सेभेन–ए–साइड फुटबल प्रतियोगितामा पोखराको सोसियल पब्लिक स्कुलले नेपाली टीमको प्रतिनिधित्वि गर्ने"

Leave a reply