डिजेल र मटितेलमा ५ रुपैयाँ बढ्यो
काठमाडौ, अषाढ २७ -
नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको छ । निगमले आइतबारदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
उक्त वृद्धिसँगै काठमाडौंका उपभोक्ताले डिजेल र मटितेल खरिद गर्दा
प्रतिलिटर ७३ रुपैयाँ ५० पैसा तिर्नुपर्ने छ । यसअघि काठमाडौंमा डिजेल र
मटितेलको खुद्रा मूल्य प्रतिलिटर ६८ रुपैयाँ ५० पैसा थियो । मूल्य
वृद्धिपछि निगमको मासिक घाटा करिब ३० करोड रुपैयाँले घटेको छ ।
निगमको मासिक घाटा १ अर्ब ४ करोड रुपैयाँ थियो । 'मूल्य वृद्धिपछि निगमको
मासिक घाटा ७३ करोड ९० लाख रुपैयाँमा झरेको छ,' निगम प्रवक्ता
मुकुन्दप्रसाद ढुंगेलले भने ।
भारत सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएको करिब २ साता पछाडि मूल्य
वृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि
भएपछि घाटा धान्न भारतले असार १० मा डिजेल प्रतिलिटर ३ भारु -४ रुपैयाँ ८०
पैसा), खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५० भारु -८० रुपैयाँ) र
मटितेलमा प्रतिलिटर २ भारु -३ रुपैयाँ २० पैसा) मूल्य वृद्धि गरेको थियो ।
लागत महँगो परे पनि सस्तोमा बेच्नु परेका कारण घाटा बेहोरिरहेको निगमले
पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारसँग डेढ महिना अगाडि मासिक १
अर्ब ५० करोड रुपैयाँ मागेको थियो । सरकारबाट पैसा नपाएपछि मूल्य बढाएको हो
।
'मूल्य सस्तो भएका कारण नेपाल भित्रिएका पेट्रोलियम पदार्थ कालोबजारी भई
पुनः भारत जाने -आउटपmलो) जोखिम बढेपछि हामी डिजेल र मटितेलको मूल्य वृद्धि
गर्न बाध्य भएका हौं,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता
गणेशप्रसाद ढकालले भने, 'निगम घाटा घटाउन, आउटपmलो रोक्न र उपभोक्तालाई सहज
आपूर्तिको वातावरण तयार गर्न तत्कालका लागि मूल्य वृद्धिभन्दा अर्को
भरपर्दो विकल्प देखिएन ।'
भारतमा भन्दा नेपालाम सस्तो हुँदा पेट्रोलियम पदार्थ कालोबजारी भई भारत
जाने गरेको छ । प्रवक्ता ढकालका अनुसार त्यस्तो कालोबजारी रोक्न सरकारले
पेट्रोलियम पदार्थको मूल्य भारतीय बजार बराबर बनाउने नीति लिएको छ ।
Source:kantipurnews
nepalma,mahangile aakash chhune bho aba hami sarbasadharan karasi bacne ho????