|

हतियार बनाउने उपकरणसहित दुई पक्राउ

सुरेश यादव, जनकपुर, असार २७- हतियार बनाउने साना घरेलु उद्योगका सञ्चालकसहित प्रहरीले दुई जना हतियारधारीलाई पक्राउ गरेको छ। पूर्वी धनुषाको यदुकुहा-७ मा साना हतियार बनाउने उद्योग सञ्चालन गरिरहेको सुराक पाएपछि प्रहरीले छापा मारेर हतियार तथा हतियार बनाउने केही उपकरणसहित गुणसागर बडहीलाई पक्राउ गरेको छ। एक थान नलकटुवा पेस्तोल, त्यसमा प्रयोग गरिएको गोलीको खोका तथा हतियार बनाउन प्रयोग गरिने नौं थान उपकरणसमेत उनको घरबाट बरामद भएको प्रहरी प्रमुख एसपी हरिबहादुर पालले बताए।

यस्तै शिक्षकलाई धम्की दिएर पाँच लाख चन्दा माग गर्दै आएका एक युवकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। मधेस मुक्ति तिरहुतिया सेना नामका भूमिगत समूहका धनुषा महोत्तरी इन्चार्ज भनाउने उमाप्रेमपुर-८ का सुरजकुमार शर्मालाई आइतबार साँझ महेन्द्रनगर क्षेत्रबाट प्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो।

उनको घरबाट एक थान सिक्सर, एक थान नलकटुवा पेस्तोल र मधेस मुक्ति तिरहुतिया सेना नामक समूहको लेटरप्याड तथा चन्दा रसिदसमेत बरामद भएको प्रहरीले बताए। प्रहरीले बडहीविरुद्ध हातहतियार तथा खरखजाना र शर्माविरुद्ध हातहतियार तथा खरखजाना एंव अपहरण उद्योगसम्बन्धी मुद्दा दायर गरेको छ। शर्मा यसअघि पनि हातहतियार मुद्दामा दुई वर्ष जेल जीवन काटिसकेका छन्।
source:nagariknews

Posted by Butwalonline on 2:03 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हतियार बनाउने उपकरणसहित दुई पक्राउ"

Leave a reply