|

एउटा गित निश्छल प्रेमको

 30610_1319859312375_1107556523_30738638_2528957_n                            
मन्दिर गई ढोग्यौ हौला मेरो माया आईदेऊ भनि
सपनीमा देखे मैले तिम्रो मनको कुरा पनि !
चोखो माया हाँस्दो रहेछ निदरीको छेउमा बसि
हेर्नु पर्ने रहिन्छ ऐना तिम्रा बाचा कसम जति
पौडदै छु आज एउटा गईराहिको पोखरीमा
उठी रहने तरंगलाई नपार  है जोखारीमा  !!
मन्दिर गई ढोग्यौ हौला.....................
सपनीमा देखे मैले .............................
उत्री आउँला एक दिन पिरतिको भारी बोकी
नसोच है तिमी कल्यै सपनीमा मात्रै होकी
नौ डाँडा काटे पनि फर्की आउँछे गुड चरी
चारा बोकी सबैलाई भर्छे दिन्छे खुशीयाली
मन्दिर गई ढोग्यौ हौला  .....................
सपनीमा देखे मैले ............................
दु;ख ,दर्द ,पिडा सबै पानी सँगै मिलाएर
तिम्रै  लागि पिउँदै छु म बिष्लाई  अमृत बनाएर
आउँन खोजे पंखी बनाई हुरी आई छेकिदियो
बुनेकोथ्ये प्रेम माया भुईमा खसाई चुडाई दियो
मन्दिर गई ढोग्यौ हौला मेरो माया आईदेऊ भनि
सपनीमा देखे मैले तिम्रो मनको कुरा पनि !!

   
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०१०/११/१७


Posted by Anonymous on 4:34 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एउटा गित निश्छल प्रेमको"

Leave a reply