गुल्मीमा पनि निर्वाचनको चहलपहल
गुल्मी,चैत्र ६- संविधान सभाको दोस्रो र्निवाचनको लागी सरकार गठन भएसँगै देशैभर चुनावी महोल सुरु भएको छ ।
दलहरु चुनावको प्रचार–प्रचारमा लाग्न थालेका छन । भने र्निवाचन गराउने निकाय र्निवाचन आयोग पनि र्निवाचनको तयारीमा लागेको छ । गतर्वषदेखि शुरु भएको फोटो सहितको मतदाता नामावली संकलन गरेको र्कायालयले अहिले फेरी देशैभर मतदाता नामावली अध्यावधिक शुरु र्गदै छ । यसैविच गुल्मीमा मतदाता नामावली अध्यावधिक चैत ७ गतेदेखि शुरु हुने भएको छ । चरणबद्ध रुपमा सञ्चालन हुने मतदाता नामावली अध्यावधिकमा नामावली संकलन, भुलसुधार, दोहोरो र्दता खारेजी लगायतका कार्य गरिने जिल्ला र्निवाचन र्कायालय गुल्मीले जनाएको छ । त्यसका लागी गाविस सचिव र १४ जना नाम र्दताको लागी अन्य र्कमचारी खटाईने जिल्ला र्निवाचन अधिकारी डिल्लीराज वेल्वासेले जानकारी दिनुभयो ।
वैशाखको पहिलो सातासम्म सञ्चालन हुने अध्यावधिकको क्रममा मतदाता नामावलीमा आफ्नो नाम ठिकसँग र्दता भए÷नभएको जानकारी लिन उहाँले सवैलाई आग्रह र्गनुभएको छ । २ लाख ८० हजार १६६ जनसंख्या रहेको गुल्मीमा अहिलेसम्म १ लाख ३१ हजार ८०५ जनाले मतदाता नामावलीमा नाम र्दता गराएका छन । यसैविच जिल्ला र्निवाचन र्कायालयले मतदाता नामावली संकलन तथा अद्यावधिक र्कायमा सहयोग र्गन सवैलाई आग्रह गरेको छ । र्कायलयको एक्लो प्रयासले मात्रै मतदाता नामावली संकलन सम्भव नभएको भन्दै र्कायालयले सहयोग र्गन सवैलाई आग्रह गरेको हो ।