|

रेग्मीले राजिनामा दिन पर्छ –गोपालमान श्रेष्ठ

नवलपरासी ,चैत ६ - नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले शक्ति पृथकिकरणको शिद्धान्त अनुसार प्रधानन्यायधिशको पदवाट राजिनामा दिनेमा आफु बिस्वस्त भएको बताएका छन् ।

‘उहाले राजिनामा दिन्ुहुन्छ भन्नेमा म बिस्वस्त छु ’ नेपाली कांग्रेसका सकृय कार्यकर्ता एवं शिक्षक स्वार्गिय प्रदिप अधिकारी को १३ औ पुन्यतिथिका अबसरमा कावासोती निवासमा आयोजित श्रद्धान्जली कार्यक्रममा बोल्दै यनले भने – बर्तमान सरकार प्रमुखको जिम्मेवारी सम्हालेका रेग्मीले त्यो भन्दा तत्लो तहको पद थाति राखेर काम गर्दा बिस्वाशिलो निर्वाचनको माहौल नबन्ने दावी गरे ।

सरकारको काम निर्वाचनको माहौल बनाउनु हो भन्दै श्रेष्ठले खिलराज आफैले बुझेर त्यो पदवाट राजिनामा दिदा  पुर्णरुपमा निस्पक्ष निर्वाचनको माहौल बन्ने ठोकुवा समेत गरे । देशका मुख्य चारदलले राजिनामा गर्नुस नभनेपनि उहा आफैले राजिनामा बुझेर राजिनामा दिने उनले दावी गरे ।

श्रद्धान्जलीमा बोल्दै कांग्रेस केन्द्रिय सदस्य डा. शसांक कोइरालाले अधिकारीको योगदानको चर्चा गदै शोकलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए । उनले निर्वाचनको माहौल श्रृजनाहुनु नै नेपाली कांग्रेसको बिजय भएको दावी गरे । पार्टिमा बिवादको कुनै अबस्था नरहेको दावी गर्दै कोइरालाले निर्वाचनमा एक भएर गए कांग्रेसलाई कसैले हराउन नसक्ने दावी पनि गरे । पार्टिमा क्षमता हुनेले टिकट खोज्न् स्वभाविक भएको जनाउदै जस्ले टिकट पाएपनि कांग्रेसका सबै सदस्यहरु एक भएर निर्वाचनमा होमिन निर्देशन दिए ।

Posted by Butwalonline on 6:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रेग्मीले राजिनामा दिन पर्छ –गोपालमान श्रेष्ठ"

Leave a reply