|

होली पर्वका लागि ३० लाख बराबरको रङ्ग भित्रियो

किरणमान बज्राचार्य,कपिलवस्तु , चैत ६ - रंङ्गहरुको पर्व होली आउन एक साता मात्र बाकी रहदा जिल्लाका विभिन्न स्थानमा यसको विक्री सुरु भइसकेको छ । तराइमा विशेष प्रकारले होली मनाइने र यसको महत्व निकै ठूलो हुने हुदा यसको स्थान यहाँ दशै तिहार बराबर हुने गर्दछ ।

अबीर तथा रंग व्यापारीहरुले एक साता अघि देखि नै यसको विक्री सुरु गरिसकेका छन् ।  जिल्लाका मुख्य बजार कृष्णनगर, तौलिहवा, चन्द्रौटा, महाराजगञ्ज, बहादुरगञ्ज, पकडी, मर्यादपुर लागयतका क्षेत्रमा होलीको रङ्ग विक्री सुरु भइसकेको छ । नेपालमा रङ्ग उत्पादन नहुने भएपछि व्यापारीहरुले भारतीय बजारहरु बाट होलीका लागि सामाग्रीहरु भित्राएका छन् । व्यापारीहरुले यस बर्षको होलीका लागि करिब ३० लाख बढिका रङ्ग र त्यस संग सम्बन्धित अन्य सामाग्री खरिद गरको बताउछन् । एउटा व्यापारीले मात्र करिब ६० हजार बढिको रङ्ग खरिद गरेको व्यापारीहरुको दाबी छ । उनीहरुले विशेष गरि विभिन्न प्रकारको अबिर, रङ्ग, पिचकारी, लोला, होलीमा लगाइने टोपीहरु खरिद गरि ल्याएका हुन् । नेपालमा यि सामाग्रीहरुको उत्पादन नहुने भएपछि बाध्य भई भारतीय बजार बाट सामाग्रीहरु ल्याउनु परेको तौलिहवाका व्यापारी नागेन्द्र कान्दु बताउनुहुन्छ । उहाले तौलिहवामा मात्र एक सय बढि व्यापारीले यस सिजनमा रङ्गको व्यापार गर्ने जानकारी दिनुभयो ।

सिजन अनुसारको व्यापारमा नाफा हुने भएपछि व्यवसायीहरुले यसको व्यापार गर्ने गरेको उहाको भनाई छ । भारत तथा नेपालको तराई क्षेत्रमा यहि चैत्र १४ गते होली पर्व भव्यताका साथ मनाइने भएको छ । नेपाली बजारमा रङ्गजन्य पदार्थको बर्षेनी माग भइरहदा पनि यसको उत्पादन तर्फ कसैले ध्यान नदिएको कृष्णनगर उद्योग बाणिज्य संघका सचिव नसिब हुसैनले बताउनुभयो । प्रत्येक होलीको पर्वमा मात्र कपिलवस्तुबाट करिब २५ देखि ३० लाख सम्म रकम रङ्ग खरिदका लागि विदेशिने गरेको बताउदै उहाले नेपालमा चाउचाउ र विस्कुट उत्पादनमा मात्र व्यवसायी आर्कषित हुने गरेको उहाको आरोप छ । व्यापारीहरुले होली पर्वमा मात्र नेपाली व्यापारीहरुले बर्षेनी करोडौ रकम भारतमा बुझाउन परिरहेको बताउदै नेपालमा यसको उत्पादन भए सहज र राम्रो हुने बताउछन् । व्यापारीहरुले नेपाल भित्रयाएका रङ्ग तथा त्यस संग सम्बन्धित सामाग्रीहरुको भन्सार भने गरेका छैनन् । कृष्णनगर भन्सार कार्यालय तथा मर्यादपुर छोटी भन्सार कार्यालयका अनुसार कुनै पनि व्यापारीले रङ्गजन्य सामाग्री भन्सार नगरेको जानकारी दिए । भन्सार थोरै लाग्ने भएपनि सीमा क्षेत्रमा रहेका पोके तस्करहरु बाट उनीहरुले रङ्ग नेपाल भित्राएको हुन सक्ने भन्सार कर्मचारीहरुको भनाई छ ।

Posted by Butwalonline on 5:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "होली पर्वका लागि ३० लाख बराबरको रङ्ग भित्रियो"

Leave a reply