|

भारतीय सुरक्षाकर्मीद्धारा दुई नेपाली बन्धक

किरणमान बज्राचार्य,कपिलवस्तु,चैत ६ - भारतीय सुरक्षाकर्मीले दुई नेपालीलाई पक्राउ गरी बन्धक बनाएका छन् । सीमावर्ती गणेशपुर गाबिसका उनीहरुलाई विगत १८ दिन देखि बन्धक बनाईएको हो ।

भा्तको बलरमवापुर जिल्लाको पचपेडवा थानाका प्रहरीले गणेशपुरका दुई युवालाई बन्धक बनाएका हुन् । गणेशपुर ७ गेडुवाजोतका ३० बर्षिय चिन्कन पठान तथा २५ बर्षिय रिजवान पठानलाई फागुन १७ गते दिउसो २ बजे सीमापारी भारतीय बजार बढनी बाट पक्राउ गरेका स्थानीयले बताए । चिन्कन आफनी आमा मरेको ४५ दिने काम (तिजा) का लागि समान खरिद गर्न बढनी गएका बेला पचपेडवा थानाका ६ जना सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । गणेशपुर सीमा जोडिएको भारतको बलरमवापुरको जंगलका हेरालु  अब्दुल गनी धोबीको हत्या बारे अनुसन्धानका लागि भारतीय प्रहरीले ती दुई नेपाली युवालाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक राजेन्द्र ढकालले बताउनु भयो ।   एक महिना अघि हत्या गरिएका बन हेरालुको हत्यामा गणेशपुरका ४ जना संलग्न रहेको जानकारीको आधारमा उनीहरुलाई पक्राउ गरिएको भारतीय प्रहरीले बताएको उहाँले बताउनु भयो ।

आफ्नो छोरा तथा नातीलाई भारतीय सुरक्षाकर्मीले १८ दिन सम्म बन्धक बनाएको परिबारलाई कुनै जानकारी नदिएको बुबा ७० बर्षे ओली पठानले दुखेुसो पोख्नु भयो । आफुहरुले हराएका परिबारको खोजबिन गर्दा भारतको पचपेडबा प्रहरीले बन्धक बनाएको सुचना पाएको ओली पठानले बताउनु भयो । उता गाउका केही ब्यक्ती समेत भारतको पचपेडबा गएर बुझदा उनीहरुलाई प्रहरीले बन्धक बनाएको पाएको नाम नभन्ने शर्तमा गाउकै एक ब्यक्तीले बताए । गेडुबाजोत सीमाबर्ती क्षेत्र भएकाले बजार गर्न भारतमै जानु पर्ने बाध्यता भएकाले गाउका धेरै ब्यक्ती मौन बसेका छन् । उनीहरु भारतीय प्रहरी बिरुद्ध बोल्न चाहदैनन् । दुई जनालाई पक्राउ गरे लगत्तै गाउलेहरु आफुहरु पनि पक्राउ पर्ने डरले विगत दुई साता देखि भारतीय बजारमा सामान्य किनमेलका लागि समेत गएका छैनन् । पक्राउ पछि गाउ नै त्रसित बनेको छ ।

हत्या बारेमा भारतीय प्रहरीले नेपाली नागरिकलाई पक्राउ बारे कुजै आफुलाई औपचारिक जानकारी नभएको प्रशाुसन कार्यालयले जनाएको छ । प्रहरी उपरिक्षक ढकालले बलरामपुर एसपी सनियासंग टेलिफोन बार्ता भएको बताउनु भयो । घटनामा निदोष ब्यक्ति पक्राउ परेको र दुबैलाई तत्काल रिह गर्न सोनियालाई आग्रह गरेको उहाले बताउनु भयो । यो घटना बारे काउज्टर पार्ट मिटिङमा कुरा उठाईने बर्ताको छ । तर गाउमा हल्ला चले पछि ईप्रका गणेशपुरका निरिक्षक दिलबहादुर मल्ललाई घटनाबारे बुझन निर्देशन दिएको उहाले भन्नुभयो । सो घटननमन तीन आरोपी फरार रहेका छन् ।

Posted by Butwalonline on 5:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय सुरक्षाकर्मीद्धारा दुई नेपाली बन्धक"

Leave a reply