नेकपा माक्सबादिकोले पनि आन्दोलन गर्ने
बुटवल, चैत्र ६ - प्रधानन्यायाधिस खिलराज रेग्मिलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाएको बिरोधमा नेकपा माक्सबादिले आन्दोलन गर्ने चेताबनि दिएको छ । चार ठुला दलको सो कदम लोक तन्त्रको मुल्य र मान्यता बिपरित रहेको उक्त पार्टिको ठहर छ । गत चैत्र ३ गते देखि भैरहबामा बसेको पार्टिको राष्ट्रिय परिषदको चौथो बैठकले सो ठहर गर्दै एक्लै भएपनि आन्दोलन गर्ने चेताबनि दिएको हो ।
बैठकले चार दलको बिगतको कृयाकलापको मुल्यांकन गरि त्यसको निन्दा प्रश्ताब समेत पास गरेको बैठक पछि पार्टिका केन्द्रिय अध्यक्ष माधब ज्ञबालीद्धारा जारि बिज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले चारदलको मात्र उच्च स्तरिय संयन्त्र बनेको प्रति पनि बिरोध गर्दै जनआन्दोलनका सबै शत्तिहरु सम्मिलित संयन्त्र बनाउन माग गरेको छ । सरकार बिरोधि आन्दोलनका क्रममा अन्य बिचार मिल्ने शत्तिहरुको पनि साथ लिने जारि बिज्ञप्तिमा उल्लेख छ । यद्यपि पार्टिले आन्दोलनका कार्यक्रमहरु भने सार्बजनिक गरको छैन ।