भाडावृद्धिको विरोधमा विद्यार्थीद्वारा मुलुकभरि चक्का जाम
काठमाडौँ, फागुन ३० - शुक्रबारदेखि बढाइएको सार्वजनिक यातायातको भाडादर फिर्ता हुनुपर्ने लगायतका माग राखी ११ विद्यार्थी संगठनले आज बिहानदेखि गरेको चक्काजामका कारण उपत्यकाको यातायात प्रभावित भएको छ। चक्काजाम बिहान १० बजेसम्म रहने आयोजकले बताएको छ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान नौ बजेसम्म आरआर क्याम्पस प्रर्दशनीमार्ग, अस्कल क्याम्पस सोह्रखुट्टे, पुतलीसडक, मित्रपार्क, चावहिल, भक्तपुरको सुर्यविनायक, सानो थिमि, मिनभवन, पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरुले प्रर्दशन गरिरहेका कारण सो स्थानहरुमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन्।आयोजकले भने सरकारी र भाडाका सवारी साधनमा मात्र रोक लगाउने बताएका थिए।चक्काजामकै कारण बिभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरु पनि प्रभावित भएका छन्। स्रोत : नागरिक न्युज