रिक्सा तथा ठेला श्रमिक संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न
रुपन्देही, चैत ५ - रिक्सा तथा ठेला श्रमिक संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाली कंग्रेसका क्षेत्रिय सभापती हरि बहादुर आर्चाय क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले योगेश बुढाथोकीको अध्यक्षतामा नयां नेतृत्व समेत चयन गरेको छ ।
अधिवशन उद्घाटन कार्यक्रममा बोल्दै क्षत्रिय सभापती आर्चायले अव मुलुक निर्वाचनतर्फ केन्द्रित भएको भन्दै एक ठिक्क भएर अघि बढ्न पार्टि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । गोपाल प्रसाद रिजालको सभापतीत्वमा भएको कार्यक्रममा मंग्रेस जिल्ल सदस्य लक्ष्मण आर्चाय,नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य प्रकाश पाठक, जिल्ल अध्यक्ष काजिमान श्रेष्ठ,नगर सभापती खेलराज पाण्डे,ईन्द्रध्वज मल्ल्ल,कृष्ण ज्ञवाली, कृष्ण तिवारी लगायतले बोल्नुभएको थियो ।