|

सार्वजनिक सवारीका साधनामा अपाङ्गलाई छुट

दाङ, चैत ५ - सार्वजनिक सवारीका साधनामा अपाङ्गलाई छुट दिने दाङका यातायात ब्यवसायीहरुले प्रतिबद्धता जनाएकोछन् । अपाङ्ग समाज सुधार केन्द्र दाङ र यातायात ब्यवसयीबीच भएको छलफलमा यातायात ब्यवसायी समितिका प्रतिनिधीहरुले सार्वजनिक सवारीका साधनमा अपाङ्गलाई कानुन अनुसारको छुट दिन सहमत भएका हुन् ।

अपाङ्गहरुले यातायातको क्षेत्रमा छुट नपाएको गुनासो गरेकाले छलफलको आयोजना गरीएको राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिका सचिव शुरेस हमालले जानकारी दिनुभयो । छलफलपछि अपाङ्गलाई सवारीका साधनमा छुट दिन मातहतका टिकट काउटरमा पत्राचार गरिएको सचिव हमालले जानकारी दिनुभयो । दृष्टीविहिनलाई पूर्ण र अन्य अपाङ्गलाई पचास प्रतिशत छुट दिनुपर्ने कानुनी ब्यवस्था रहेको छ ।

Posted by Butwalonline on 7:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सार्वजनिक सवारीका साधनामा अपाङ्गलाई छुट"

Leave a reply