एक दिनको शिसु काखमा लिएर परिक्षा दिदै
प्रेम सुनार,गुल्मी,चैत्र ७ - गुल्मीको अर्जै उच्च माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा एक प्रशिक्षार्थीले एक दिनको शिसु काखमा लिएर आज छैठौं दिनको परिक्षा दिदै छीन् । अमरपुर ३ घर भई ओमप्रसाद गौतम उच्च माध्यामिक बिध्यालय अमरपुरकी नियमित विध्यार्थी बसन्त चुादाली अर्यालले हिजो साझ ६ बजे जन्माएकी छोरी काखमा लिएर परिक्षा दिन लागेकी हुन् । हिजो सामाजिक विषयको परिक्षा दिदा दिदै सुत्केरी बेथाले च्यापेर घर तिर लागेकी उनी जसरी पनि परिक्षा दिने अठोटका साथ दिदी शारदा भण्डारी अर्यालका साथमा परिक्षा दिन आएको परिक्षा केन्द्रले जनाएको छ । उनका श्रीमान कृष्ण प्रसाद अर्याल कतारमा रहेका छन् । २ वर्ष अघि १५ वर्षको उमेरमा विवहा भएको उनको माईती अर्घाखाची धनाचौर गाविसमा पर्दछ ।