इशानी श्रेष्ठ भइन मिस नेपाल
काठमाडौं, चैत ७ - इशानी श्रेष्ठले मिस नेपाल २०१३ को ताज जितेकी छिन् । वुधवार बेलुकी प्रज्ञा भवनमा भएको कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितिन् ।पाँच फिट ७ इञ्च अग्ली २१ वर्षिया उनले विश्व सुन्दरी प्रतियोगितामा भाग लिन पाउने छिन् । उनले सन् २०१२ की मिस नेपालले श्रृष्ठि श्रेष्ठले ताज पहिराई दिइन् । १८ जना प्रतिस्पर्धी मध्ये शिपोरा गुरुङ, इशानी श्रेष्ठ, सुमी लामा मोक्तान, श्रीतिमा शाह र रोजिशा शाही अन्तिम ५ मा छनौट भएका थिए ।जसमा श्रीतिमा शाहले सेकेण्ड रनर अप (मिस नेपाल इन्टरनेशनल २०१३ ) भइन् । यस्तै फष्ट रनर अप (मिस नेपाल अर्थ २०१३) रोजिशा शाही भइन् ।अन्तिम चरणमा छानिएका ५ जनालाई प्रमुख निर्णायक तिर्थमान शाक्यतपाईं संयुक्त परिवार मन पराउन हुन्छ की एकल ? र किन भनी प्रश्न सोध्नु भएको थियो ।जसमा शिपोर र श्रीतिमाले एकल मन परिवार मन पर्छ भनेका थिए भने उपाधि विजेता इशानीसहित अरुले संयुक्त परिवार मन पराउने बताएका थिए ।
मेघना श्रेष्ठले मिस पङ्चुवालिटीको उपाधि जितिन् । मिस ट्यालेन्टको उपाधि शिपोराले तथा मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठले जितिन् । एसएमएस भोटिङका आधारमा छानिएको पब्लिक च्वाईसको उपाधि अश्मिता सिटौलाले हात पारिन् । द हिडन ट्रेजरको आयोजनामा सन् १९९७ देखि मिस नेपाल हुँदै आएको छ ।
मिस नेपालको उपाधि जित्न सफल इशानीले मिस नेपाल हुनु अघि के भनेकी थिईन् । भिडियोमा हेर्नुहोस ।
साभार : उज्यालो नेटवर्क
Posted by Butwalonline
on 7:24 PM. Filed under
Latest Video,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response